Comments Add Comment

मेक्सिकोमा वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना, १४ को मृत्यु

६ फागुन, काठमाडौं । मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ ।

बीबीसीका अनुसार हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो । भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment