Comments Add Comment

मरिसकेका छोराको वीर्य प्रयोग गरेर यो जोडीले जन्मायो नाति-नातिना

६ फागुन, काठमाडौं । वैज्ञानिक खोज र अनुसन्धानले जटिल लाग्ने धेरै कुरालाई सहज बनाइदिएको छ । यतिसम्मकी मरिसकेको व्यक्तिको वीर्य प्रयोग गरेर पनि सन्तान उत्पादन सामान्य बनिसकेको छ ।

यो प्रसंग हो छिमेकी मुलुक भारतको । भारतको एक दम्पत्तिले आफ्नो मरिसकेका छोरोको वीर्यमार्फत् नाति-नातिना खेलाउने रहर मात्र पूरा गरेन, वंशलाई समेत निरन्तरता दिएको छ ।

दुई वर्षअघि भारतको एक दम्पत्तिको २७ वर्षे छोराको व्रेन ट्युमरबाट मृत्यु भयो । उनको आमा-बुवाले भने अविवाहित छोराको वीर्य पहिले नै संकलन गरेर राखे, पछि पनि नातिनातिना जन्माउन सकियोस् भनेर । छोराको मृत्युपछि उक्त वीर्यलाई एक महिलाको गर्भमा राखियो । र, भाडाको कोखबाट जुम्ल्याहा बच्चाको जन्म भयो ।

यद्यपि विशेषज्ञहरुले यस प्रक्रियाको विषयमा नैतिकताको प्रश्न उठाएका छन् ।

जर्मनीमा सन् २०१३ मा ति २७ वर्षे युवकको व्रेन ट्युमरको पत्ता लागेको थियो । तर, उपचारको क्रममा केमोथेरापी गर्दा निःसन्तान हुने डर थियो । त्यसैले केमोथेरापी सुरु गर्नुभन्दा अगाडि डाक्टरहरुले सहमतिमा वीर्यको नमूना निकाले । उसको सन् २०१६ सेप्टेम्बरमा पुणेमा मृत्यु भएपछि अभिभावकले उक्त वीर्य पाए ।

ति युवककी ४९ वर्षीया आमा, जो शिक्षक हुन्, उनले भनेकी छन्, ‘उ एक आदर्श व्यक्ति थियो । पढाइमा पनि राम्रो थियो । केमोथेरापी पछि उसले दृष्टि त गुमायो तर आत्मा मरेको थिएन । अन्तिम साससम्म पनि उसले बहादुरी देखाइराख्यो । उसले हामीलाई खुसी नै देख्न चाहिराख्यो । त्यसैले हामीले छोरोलाई गुमाए पनि उसको वीर्यबाट सन्तान जन्माउने निर्णय लियौं ।’

उनले जर्मनीको वीर्य बैंकमा सम्पर्क गरिन् र प्रक्रिया पूरा गरी वीर्य लिइन् । उक्त वीर्यलाई पुणेको अहमेदनगरको सहयाद्री अस्पतालको आईभीएफ केन्द्रमा राखियो ।

बाँझोपन विशेषज्ञ सुपि्रया पुरनिकका अनुसार फेब्रुअरीमा उक्त वीर्य परीक्षण गर्दा डाक्टरहरुले रंग, अनुहारलगायतका शारिरीक विशेषता फेला पारे । भ्रण बनाउनका लागि दाताको निकालिएको अण्डामा वीर्यको सम्पर्क गराए ।

आमा उक्त गर्भ बोक्न तयार थिइन् तर परीक्षणको क्रममा उनी गभर्धारण गर्न अयोग्य भएपछि उनकी ३८ वर्षे भतिजीले सेरोगेट आमा बन्ने इच्छा व्यक्त गरिन् ।

नन्देद भन्ने ठाउँकी ति महिलाको पेटमा दुई भ्रुण राखियो र गत सोमबार जुम्ल्याहा स्वस्थ सन्तानको जन्म भयो ।

चेन्नाईस्थित भारतीय सेरोगेट ल सेन्टरका संस्थापक हरि जी रामासुव्रमण्यमका अनुसार यो भारतमा पहिलो भने होइन । विगतमा यस्ता दुई-तीनवटा घटना भएका छन् । तर यसबाट यो बहस पैदा गरिदिएको छ कि मृत्युपछि पनि सन्तान उत्पादन सम्भव छ र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment