Comments Add Comment

कन्दरा र मंगोलियन हार्टः सांगीतिक पुनरागमन

कुनैबेला पप संगीतको बजार उत्कर्षमा थियो । त्यसताका यस्ता ब्यान्डहरु उदाए, जसले शहरदेखि गाउँसम्म आफ्नो संगीतको प्रभाव फैलाए । दुरदराजदेखि समुन्द्रपारका नेपालीमाझ उनीहरुको गीत गुनगुनाइए ।

तर, समयक्रममा नेपाली संगीतको कारोबार खस्कियो । ग्रामफोन, भिसिआर क्यासेट, सिडी, डिभिडी हुँदै पेनड्राइभसम्म आइपुग्दा संगीत बजारमा ठूलै उथलपुथल आयो । त्यही उथलपुथलले चर्चाको उचाईमा पुगिसकेको ब्यान्डहरु एकएक हराए । ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’ जस्ता गीतको थुप्रो ‘कन्दरा’ ब्यान्ड पनि अदृश्य भए ।

अहिले भने पुराना ब्यान्डहरु ब्यूँतिन थालेको छ । हालै मात्र कन्दरालले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । कन्दराका बिवेक श्रेष्ठको स्वरमा ‘हिमाल मुनी’ गीत सार्वजनिक गरिएको हो । यो गीत ‘भेडी गोठैमा’ शीर्षकको एल्बमा संग्रहित गीत हो । भ्यालेनटाइनको मेसो मिलाएर उक्त गीत सार्वजनिक गरिएको थियो ।

हिमाली क्षेत्रका आकर्षक लोकेसनलाई पृष्टभूमी बनाएर बनाइएको म्युजिक भिडियोको निर्देशक जीवन रसाइली हुन् । गीतको संगीत र शब्द ब्यान्डकै सुनिल थापाको हो ।

मंगोलिन हार्ट, ब्याक अगेन 

यसैगरी ‘तिमीलाई देखेर’ फेम मंगोलिन हार्ट पनि सांगीतिक खुराक लिएर पुरानै लयमा फर्किएको छ । मंगोलिन हार्टले पनि भ्यालेनटाइनकै अवसर छोप्दै आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । गीतको बोल हो, ‘एक जोडी नयन ।’

एल्बम ‘भोल्युम सेभेन’ मा संग्रहित उक्त गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुरेन लिम्बुको शब्द, राजु लामाको संगीत छ । फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् । ललितपुरको खोकना आसपासमा खिचिएको भिडियो निकै आकर्षक बनेको छ ।

६ वटा एल्बम बजारमा ल्याइसकेको मंगोलिन हार्टको थुप्रै गीत हिट छ । हल्ला चलेछ, उँभो-उँभो खास्सा, तिमीलाई देखेर, सायद तिम्रो बाटोमा, मेरो नेपाल, ओइ नाना, नतानुँ त तानुँ लग्ने, गाजलु टिका जस्ता गीत निकै लोकपि्रय रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment