Comments Add Comment

गुगल पिक्सेल टूमा तात्ने समस्या


गुगलको फ्लागसीप स्मार्टफोन गूगल पिक्सेल टू का बारेमा प्रयोगकर्ताका गुनासोहरु सार्वजनिक भएका छन् ।

गुगलले केही दिनअघि मात्र यस स्मार्टफोनका लागि अपडेट जारी गरेको थियो । उक्त अपडेटपछि स्मार्टफोन तात्न थालेको गुनासो प्रयोगकर्ताहरुले गरेका छन् ।
सामान्य रुपमा चलाउँदा समेत स्मार्टफोनको ब्याट्रीको चार्ज छिटै सकिने गरेको प्रयोगकर्ताहरुको भनाई छ ।

गुनासोकर्ता धेरै प्रयोगकर्ताले स्मार्टफोन सेफ मोडमा राख्दा त्यस्तो समस्या आउने गरेको बताएका छन् ।

प्रयोगकर्ताको उक्त गुनासोका सन्दर्भमा गुगलले भने कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment