Comments Add Comment

पाँच जना कराँते खेलाडीहरुलाई यूएईमा सम्मान

दुबई / एभरेस्ट नेशनल आर्ट ट्रेनिङ सेन्टर यूएई र एनआरएएन यूएईले मार्सलआर्टका खेलाडीहरुलाई संयुक्त रूपमा सम्मान गरेका छन् ।

नेपाल कराँते महासंघ रेफ्रि काउन्सिलका अध्यक्ष प्रकाशमोहन पौडेल, नेपाल राष्ट्रिय कराँते टिमका प्रशिक्षक तथा साफ गेमको स्वर्ण पदक विजेता खेलाडी कुसल श्रेष्ठलगायत अन्य ३ जना खेलाडीहरुलाई एक विशेष कार्यक्रम आयोजना गरि गत शुक्रबार सम्मान गरिएको हो ।

कराँते खेलको विकास तथा व्यबसायिकरणमा योगदान गरेको भन्दै अमेरिकाबाट यूएई आएका तेक्वान्दोका छैटौं डन रामचन्द्र केसीलाई पनि सोही कार्यक्रममा यूएईमा रहेको एभरेस्ट मार्सलको तालिम हलमा सम्मान गरिएको छ ।

स्वर्ण पदकधारी सम्मानित खेलाडी कुसल श्रेष्ठ विश्व कराँते महासंघको कराँते वान प्रिमियर लीग तथा दुबई ओपन कोच गेममा सहभागी हुन दुबई आएका हुन् ।

यसै अवसरमा कुसल श्रेष्ठले एभरेस्ट मार्सलआर्ट ट्रेनिङ सेन्टरमा अप्रिलदेखि आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै विशेष तालिममा उक्त क्लबबाट खेलाडीहरुलार्इ प्रशिक्षण समेत दिने जानकारी दिइएको छ ।

उक्त संयुक्त सम्मान कार्यक्रममा नेपालबाट आएका कराँते खेलाडी अरबिन्द्र पोडार र सुरज तामाङलाई पनि सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ, आईसीसी सदस्य मनोज गोर्खाली, दुबई अध्यक्ष मदन अधिकारी, एभरेस्ट मार्सलका सचिव पूर्णभक्त लामा, कोषाध्क्ष अनिल श्रेष्ठ, सदस्य भानुभक्त उपस्थित भएर खेलाडीहरुलाई सम्मान गरेको एभरेस्ट मार्सलका प्राबिधिक निर्देशक रबि शाहीले अनलाइनखबरलाई जानकारी दिए ।

निर्देशक शाहीको सम्योजनमा आयोजित संयुक्त सम्मान कार्यक्रममा एनआरएन दुबईका प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधि र खेलाडीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment