Comments Add Comment

पर्सामा ६५ फिट अग्लो बौद्ध झन्डा

६ फागुन, पर्सा । पर्साको ठोरी गाउँपालिका–४, घ्याङडाडामा ६५ फिट अग्लो बौद्धको झन्डा ठड्याइएको छ ।

आइतबार २ लाख ५० हजारको लागतमा जमिनबाट ६५ फिट अग्लो झण्ड राखिएको हो । यो झण्डा नेपालकै सबैभन्दा अग्लो बौद्ध झन्डा भएको दावी गरिएको छ ।

‘स्यम्भुको ह्वाइट गुम्बामा ५५ फिट अग्लो झण्डा छ, हामीले ६५ फिट अग्लो बनाएका छौं’, समितिको सदस्य निमा लामाले भने, ‘नेपालमै सबैभन्दा अग्लो बौद्ध झण्डा फहराउन सफल भएका छौं ।’

२८५४ औं खी ल्होछार मुल आयोजक समितिका अध्यक्ष बुद्धलाल पाख्रीनले स्थानीय बौद्ध धर्मगुरुहरुबाट बौद्ध संस्कृति अनुसार पुजापाठ गरेर झन्डातोलन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment