Comments Add Comment

६० जना कोरससँगै प्रियंकाको छमछमी

अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन्, प्रियंका कार्की । तर, उनको व्यस्तता अहिले फिल्ममा होइन, म्युजिक भिडियोमा देख्न थालिएको छ ।

केहि समयअघि मात्र उनी ‘माछीले खाने, खोलीको लेउ’ भन्दै नाचेकी थिइन् । कार्टुन्ज क्रुसँगको उक्त म्युजिक भिडियोले तीन सातामै ५० लाख भ्युज पायो, युट्युवमा ।

अहिले प्रियंका त्यही टिमसँग दोहोरिएकी छिन् । गीतको बोल छ, सपनीमा आउनेलाई । यो म्युजिक भिडियोको विशेषता के भने एकसाथ ६० जना कोरस डान्सर प्रयोग गरिएको छ ।

यो डान्सिङ नम्बरमा प्रियंकाले ६० जना कोरससँगै कम्मर मर्काएकी छिन् । गीतमा स्वर दिएकी हुन्, मेलिना राईले । दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गोकर्ण रिसोर्टमा छायांकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment