Comments Add Comment

टिकेन राजनीतिक आडमा बढेको बजार, नेप्से दोहोरो अंकले घट्यो


६ फागुन, काठमाडौं । गत विहीबार राजनीतिक कारणले बढेको नेप्से परिसूचकको वृद्धि टिक्न सकेन । आइतवार नेप्से परिसूचक ११ अंकले घटेर १४ सय १३ विन्दुमा आइपुगेको छ ।

बजारमा ५८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम विहीवारको तुलनामा घटेको हो । यद्यपी औसत दैनिक कारोबार रकमको तुलनामा अधिक नै छ ।

कारोबारमा आएको उत्पादनमुलक समूहबाहेक सबै समूहगत परिसूचक घटेको छ । कारोबार उच्च हुनेमा वाणिज्य बैंकहरु प्रमुख १० को सूचीमा अग्रप्रक्तिमा छन् । उत्पादनमुलक समूहको बोटलर्स नेपाल तराईको सेयर मूल्य चार प्रतिशतले बढेर सात हजार चार सय २४ रुपैयाँ पुगेको छ ।

छोटो छोटो अवधिमा हुने उतार चढावमा पहिले सेयर किनेकाहरुले मुनाफा सुरक्षित गर्ने, घाटा मिलान रणनीति अपनाउने गरिरहेकाले पनि बजार बढ्न नसकेको हो ।

बैंकिङ क्षेत्रमा पुँजी अभावको समस्या कायम रहेको र व्याजदरमा नघटेकोले पनि बजार बढ्न सहयोग पुगेको छैन । एक सय ५९ कम्पनीको सेयर खरीदबिक्री भएकोमा २८ को सेयर मूल्य घटेको हो । एक सय १४ को सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment