Comments Add Comment

पूर्वराजाको प्रश्नः सीमित व्यक्तिको स्वार्थ रक्षा नै प्रजातन्त्र हो ?

फाइल फोटो

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो गरेका छन् ।

उनले भनेका छन्, प्रजातन्त्र भनेको निर्वाचाहरुको आयोजना मात्र होभन्ने भ्रम राखिनु हुँदैन । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ ।’

११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दि्रत सोचको पासमा देशको राजनीति अल्भिmएको छ ? समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

उनले सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् भनेका छन् ।

हेर्नुस् पूर्वराजाको शुभकामना सन्देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment