Comments Add Comment

३० करोडको लगानीमा भरतपुरमा खुल्दै गार्डेन रिर्सोट

६ फागुन, चितवन । चितवनको भरतपुरमा सुविधासम्पन्न होटलहरु थपिने क्रम जारी छ । भरतपुर महानगरपालिका वडा नः ७ एयरपोर्ट नजिक ३० करोडको लगानीमा चितवन गार्डेन रिर्सोट निर्माण थालिएको छ ।

४९ जना शेयर सदस्य रहेको सो रिर्सोट फलामे स्टक्चरमा तयार गरिने संस्थाका अध्यक्ष केशव कार्कीले जानकारी दिए । होटल १ विगाहा क्षेत्रफलमा फैलिनेछ । ८ महिना भित्र आन्तरीक र ४ महिनामा बाह्य काम गरी १ बर्षभित्र नै होटल निर्माणको काम सकिने अध्यक्ष कार्कीले बताए ।

होटलमा सुविधासम्पन्न ४२ वटा कोठाहरु राखिने छ । त्यसमा फेमिली रुम ४ वटा रहने छन् । हाइटेक प्रालिले निर्माणको जिम्मा लिएको होटलको काम प्रतिशत सकिएको बोर्ड सदस्य शिवजी ढकालले जानकारी दिए ।

ढकालका अनुसार होटलमा ७० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । होटलमा स्वीमिङपुल ठूलो र सानो गरी २ वटा, सभाहल सानो र ठूलो गरी २ वटा हुनेछन् । सभाहलमा एकैपटक ६ सय जना अट्न सक्ने क्षमता रहने अध्यक्ष कार्कीले जानकारी दिए ।

होटलको चारैतिर २६ फिटको सडक तयार गरिनेछ । भरतपुर विमानस्थल नजिक रहेकोले विमानस्थल र खुल्ला क्षेत्र हेर्न मिल्ने गरी कोठा र संरचना निर्माण गरिने कार्कीको भनाइ छ ।

चितवनमा पछिल्लो समयमा आन्तरीक र वाहृय पर्यटकहरु बढ्दै गएको, शैक्षिक र स्वास्थ्य सम्बन्धी ठूला-ठूला संरचनाहरु निर्माण भैरहेकोले समग्र जिल्लाकै विकासमा टेवा दिन होटल निर्माण गरिएको अध्यक्ष कार्कीले बताए ।

भरतपुरमा होटल रोयल सेन्चुरी, भरतपुर गार्डेन रिर्सोट, आइल्याण्ड जंगल रिर्सोट, होटल ग्लोवल, होटल सेन्ट्रल पाम सुविधा सम्पन्न होटल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment