Comments Add Comment

आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रम

फाइल तस्वीर

७ फागुन, काठमाडौं । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।

दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत सहभागी छन् । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकी, परेड र खेल कौशल प्रदर्शन गरिएको छ ।

एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment