Comments Add Comment

बलात्कारी हत्यारालाई ४ पटक मार्ने सजाय !

६ वर्षकी बालिकामाथि बलात्कार गरी हत्या गर्ने एक अपराधीलाई चार मृत्युदण्ड दिने फैसला अदालतले गरेको छ ।

पाकिस्तानको एक अदालतले अभियुक्त इमरानी अलीलाई चारपटक मार्ने आदेश दिएको हो । उनले जेनब अन्सार नामक बालिकाको बलात्कार गरी हत्या गरेका थिए ।

अदालतमा मुद्दाको फैसला हुने दिन बालिकाका पिता कडा सुरक्षाबीच अदालतमा पुगेका थिए ।

अलीमाथि अपहरण, बलात्कार, हत्या तथा आतंकवादको मामिलाा चारपटक मृत्युदण्ड दिने तथा बाल यौन दुराचारको मामिलामा जन्मकैदको एकमुष्ट फैसला भएको छ ।

अभियुक्त पत्ता लगाउनका लागि इमरान बस्ने बस्ने इलाकाको दुई किलोमिटर क्षेत्रका सबै पुरुषको डिएनए जाँच गरिएको थियो । त्यसक्रममा ११ सय ५० जना पुरुषको डिएनए जाँच गरिएको थियो ।

इमरानको डिएनए केवल बालिका बलात्कार काण्डमा मात्र होइन की अन्य इलाकामा बलात्कार गरी हत्या गरिएका मामिलामा पनि मिलेको छ । यसबाट उनी अरु कसूरमा पनि संलग्न रहेको पाइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment