Comments Add Comment

१० वर्षमा ६ सय ५७ पटक परीक्षा !


जागिर तथा अध्ययनका क्रममा तपाइँले अहिलेसम्म कतिपटक परीक्षा दिनुभएको छ ?

भातरको बैंगलोरमा बस्ने एक महिलाले चाहिँ पछिल्लो १० वर्षमा ६ सय ५७ पटक परीक्षा दिएकी छन् ।

३० वर्षकी पुष्पा प्रियाले राम्रो तलब आउने जागिर खान्छिन् । तर वर्षको ६५ पटकभन्दा बढि परीक्षा दिने गरेकी छन् ।

तर उनले आफूले जागिर खानका लागि परीक्षा दिएकी भने होइनन् । उनले अपांग विद्यार्थीहरुको सहयोगका लागि परीक्षा हलमा लेखिदिने सहयोगी बनेर परीक्षा दिने गरेकी हुन् ।

उनलाई सहयोगी परीक्षार्थी बनाएका धेरै अपांगहरुले अहिले विश्वविद्यालय उत्तीर्ण गरेका छन् भने जागिर पनि खाइरहेका छन् ।

विद्यार्थीकालमा गरिबीका कारण शुल्क तिर्न नसकेपछि परीक्षाहलबाट बाहिर निकालिएकी प्रियाले त्यसपछि गरीब तथा अपांगको सहयोग गर्ने निधो गरिन् र सोही अनुरुप अपांग विद्यार्थीहरुको सहयोगका लागि परीक्षामा सहयोगी बनेर उत्तरपुस्तिकामा लेखिदिने काम गरिरहेकी छन् ।

प्रियाले पहिलोपटक सन् २००७ मा डाउन सिन्ड्रोमयुक्त विद्यार्थीको उत्तरपुस्तिकामा लेखिदिएर यो कामको सुरुवात गरेकी हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment