Comments Add Comment

बजेट कम छुट्याइएकोमा दलित प्रतिनिधिको गुनासो

७ फागुन, झापा । स्थानीय तहमा दलित समुदायका लागि लक्षित बजेट छुट्याउन कञ्जुस्याई गरेको जनप्रतिनिधिहरुले बताएका छन् । दलितका निम्ति बजेट छुट्याउन स्थानीय सरकारले विभेद गरेको दलित समुदायबाट प्रतिनिधिहरुले गुनासो गरेका हुन् ।

उत्पीडित अधिकार मञ्च नेपालले आइतबार झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरेको स्थानीय तह र दलित जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बजेट निर्माणमा दलित समुदायलाई वेवास्ता गरिएको बताइयो ।

कार्यक्रममा बोल्दै विर्तामोड नगरपालिकाको बोर्ड सदस्य निता घतानीले लक्षित समुदायतर्फ बजेट एक करोड मात्र छुट्टाइएको बताइन् । उनले एक समुदायका लागि १० लाख बजेट पर्न पनि गाह्रो रहेको सुनाइन् ।

उनका अनुसार स्थानीय सरकारले विनियोजन गरेको बजेट गाविस/नगरपालिका हुँदै त्यो भन्दा बढी छुट्याइने गरेको थियो । स्थानीय सरकारमा बजेट बढाएको छ, तर लक्षित समुदायले राज्यको सुविधा पाउने कुरामा फेरि पनि बञ्चित हुनुपरेको छ , घतानीले थपिन् ।

जिल्लाका १५ स्थानीय तहबाट सहभागी भएका दलित जनप्रतिनिधिले यस्तै गुनासो पोखेका छन् । उनीहरुले दलित प्रतिनिधिलाई जिम्मेवारविहीन बनाएको आरोप समेत लगाएका छन् ।

अन्तरक्रियामा जिल्ला समन्वय समिति झापाका कार्यक्रम संयोजक जय तिम्सिनाले जनप्रतिनिधिको भूमिका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्य रहेको मञ्जका अध्यक्ष टिकाराम मंग्रातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment