Comments Add Comment

मार्क्सवादी चिन्तक उपाध्यायलाई युद्धप्रसाद स्मृति पुरस्कार


७ फागुन, काठमाडौं । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार एवं मार्क्सवादी चिन्तक गोपीरमण उपाध्यायलाई प्रदान गरिएको छ ।

मिश्रको २८ औ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपाध्यायलाई पुरस्कृत गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री खनालले मिश्रको क्रान्तिकारी चेत भएका कवितावाट आफू प्रभावित भएको धारणा राखे ।

प्रतिष्ठानको केही दिनअघि बसेको बैठकले सो पुस्कार प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले यस वर्षदेखि पुरस्कारको राशी वृद्धि गरिएको बताए । कार्यक्रममा मिश्रको योगदानबारे त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव सुवेदीले चर्चा गरेका थिए भने पुरस्कृत व्यक्तित्व उपाध्यायको बारेमा डा. देवी नेपालले चर्चा गरेका थिए ।

नेपाल पुरस्कार छनौट समितिका संयोजक समेत हुन । प्रतिष्ठानले प्रगतिशील आन्दोलनको अगुवाइ गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने परम्परा अनुसार ०४९ सालदेखि निरन्तर सम्मान गर्दै आएको छ ।

पुरस्कृत उपाध्याय लामो समयदेखि माक्र्सवादी साहित्य लेखनमा क्रियाशील छन् । एमाले स्कुल विभागको पूर्वसदस्य समेत रहेका उपाध्यायलाई सो पुरस्कार मिश्रको स्मृति दिवसको अवसरमा प्रदान गरिएको हो । ००३ सालमा स्याङजामा जन्मेका उपाध्यायका माक्र्सवादी साहित्यसम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन् । उनले वराणसीमा रहँदा पुष्पलाल र युद्धप्रसाद मिश्रको निकट सहयोगीका रुपमा समेत काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment