Comments Add Comment

सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई

मुम्बई । बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।

पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।

गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन पि्रयंका चोपडा दोस्रो स्थानमा छिन् ।

स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० पुर्‍याईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment