Comments Add Comment

वीरगञ्जका दुई भन्सारको राजश्व असुली लक्ष्यभन्दा कम

७ फागुन, वीरगञ्ज  । भन्सार राजश्व संकलनको हिसाबले मूख्य क्षेत्र वीरगञ्जले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन ।

यस क्षेत्रका मूख्य भन्सार नाकामा वीरगञ्ज भन्सार कार्यालय र सिर्सियास्थित सुख्खा बन्दरगाहले भन्सार राजश्व संकलन गर्छन् ।

मालवस्तु आयात तथा राजश्वका दृष्टिले वीरगञ्ज भन्सार अन्य भन्सारको तुलनामा अगाडि छ । राजश्वको करिब ५४ प्रतिशत राजस्व वीरगञ्जबाटै असुली हुँदै आएको छ ।

तर पछिल्लो समयमा वीरगञ्जका दुईवटै भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन सर्न अक्षम भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७४/७५ को ७ महिनामा ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । माघसम्ममा उक्त भन्सारले ७२ अर्ब ५७ करोड १९ लाख रुपैयाँ राजश्व असूलीको लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा झन्डै पाँच प्रतिशत कम राजश्व संकलन गरेको हो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय पनि राजश्व असूली लक्ष्यमा चुकेको छ । कार्यालयले गत माघसम्ममा १५ अर्ब २७ करोड ८८ लाख ९६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकामा १४ अर्ब ३८ करोड १२ लाख ४७ हजार रुपैयाँमात्र असुली भएको छ । यो लक्ष्यको झन्डै ६ प्रतिशत कम हो ।

भारत भन्दा तेश्रो मुलुकसँग आयात -निर्यात व्यापारका लागि यो नाका बढी प्रयोग हुँदै आएको छ ।

माघ महिनामामात्रै साढे १२ अर्ब संकलन

वीरगन्जका दुई भन्सार कार्यालयले माघ महिनामा करिब साढे १२ अर्ब रुपैयाँ राजश्व संकलन गरेका छन् ।

वीरगञ्ज भन्सार कार्यालय एक्लैले माघ महिनामा १० अर्ब ७५ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो । तर कार्यालयले १० अर्ब १ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो असूली उसको मासिक लक्ष्यकोा ९३ दशमलव १४ प्रतिशत मात्र हो । त्यस्तै, यही अवधिमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले २ अर्ब ४१ करोड ८८ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त असुली मासिक लक्ष्यको ६ दशमलव ८६ प्रतिशत बढी हो ।

गत साउनमा गएको बाढी, चुनाव, बन्द हड्ताल, एक्जीम कोडको समस्या र सरकारी नीतिमा परिवर्तन आउन नसक्नुले लक्ष्यअनुरुप राजश्व असुली हुन नसेकको भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् । पछिल्लो समय वीरगञ्ज नाकाबाट कर छुटका सामान बढी आयात हुनुले पनि राजश्व असुलीमा प्रभाव परेको अधिकारीहरू बताउँछन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सन्तोष यादव भन्छन्, ‘नयाँ सरकारले उपयुक्त नीति ल्याएर व्यापार बढ्ने वातावरण नबनाएसम्म लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment