Comments Add Comment

कान्छीको रेड कार्पेटमा मह जोडीदेखि पूर्वमन्त्रीसम्मः कसले के भने ?

अभिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म ‘कान्छी’ को आइतबार सेलिव्रेटी रेड कार्पेट शो आयोजना गरियो । उक्त शोमा उपस्थित हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्रीगृह मन्त्री अग्नि सापकोटाले फिल्मको खुलेर प्रशंसा गरेका थिए ।

‘मलाई त कान्छी नै राम्रो लाग्यो,’ वरिष्ठ अभिनेता हरिवंश आचार्यले भने, ‘श्वेताले मुटु निचोर्नु भएको छ ।’

कलाकारको अभिनय, गीत-संगीत, निर्देशन र छायाँकन सबै पक्ष राम्रो रहेको उनले बताए । अर्का अभिनेता मदनकृष्ण श्रेष्ठले पुरानो धारको भएर पनि कान्छीले नयाँ चिजलाई अंगालेको प्रतिक्रिया दिए ।

अभिनेत्री एवं निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याक सार्थक बनेको बताइन् ।

‘कान्छी हेरिरहँदा मैंले श्रीदाईलाई सम्झिए,’ भावुक हुँदै दिपाले भनिन्, ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ ।’

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्लाका माओवादी नेता तथा पूर्वमन्त्री सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

‘फिल्मको कथावस्तु र अभिनय राम्रो छ,’ सापकोटाले भने, ‘फिल्म हेर्न थालेपछि अन्तिमसम्म समय बितेकै पत्तो भएन ।’

कति आए दर्शक ?

निर्माण स्रोतका अनुसार रिलिज भएको दिन शुक्रबार फिल्मले ८० प्रतिशत अकुपेन्सी कायम गरेको थियो । शनिबार भने फिल्मले शतप्रतिशत अकुपेन्सी कायम गरेको स्रोतको दावी छ ।

शनिबार श्वेता, अभिनेता दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्वल सुजल गिरीको टिम गोपिकृष्ण र अष्टनारायण हल पुगेको थियो । दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाडमँछाड गरेका थिए ।

वितरक गोपालकायस्थले कान्छी हेर्न लामो समयसम्म दर्शक हलमा आउने अड्कल काटे । फिल्मले पारिवारिक दर्शकहरुलाई बढि आकििर्षत गरिरहेको छ । यो फिल्म अहिले देशभरका करिब ८० हलमा प्रदर्शनरत छ ।

‘कान्छीलाई सबैले मायागर्नु भएको छ, सबैप्रति कृतज्ञ छु,’ श्वेता भन्छिन् ।

प्रदर्शन अगावै लगानी सुरक्षित गरेको कान्छीको नेपालको व्यापार सबै नाफा हो । डेढ करोडभन्दा माथि लगानी रहेको कान्छीका निर्माताको रुपमा शैलेश खड्का र रविन खड्का रहेका छन् ।

याम थापाको लेखन रहेको फिल्ममा दया, श्वेता र प्रज्वलसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन तथा अर्जुन पोखरेल, राजनराज सिवाकोटी र शम्भूजित बाँस्कोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment