Comments Add Comment

एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग

साउदी (जेद्धा) । बारा जिल्लाको चैनपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले शैक्षिक एवं भौतिक सामग्रीहरू प्रदान गरेको छ ।

हालै विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विद्यालयलाई संघले २० थान डेस्कबेन्च र विद्यार्थीहरुलाई ५५/५५ थान कापी, कलम र झोला हस्तान्तरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी तथा अन्य शिक्षक, परवानिपुरगाउँपालिका ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, स्थानीय अविभावक, सोही विद्यालयमा अद्यनरत विद्यार्थी र अन्य समाजसेवी सम्मिल्लित एक कार्यक्रममा एनआरएनए एनसीसी साउदी अरबका सचिब बिशाल श्रेष्ठ आरसीसी भुपु प्रबक्ता राजेन्द्र न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रधानाध्यापक मदनप्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सबै बक्ताहरूले नेपाली समुदायले प्रवासमा रहेरपनि स्वदेशमा सहयोग गर्ने प्रचलन अनुकरणीय रहेको भन्दै एनआरएनए आरसीसी अलकासीमले गुणस्तिरय शिक्षालाई प्राथमिकतामा राखी उपलब्ध गराएको सहयोगको प्रशंसा गरेका थिए ।

आरसीसी अलकासीमका कार्यवहाक अध्यक्ष मनिष कोइराला, एनसीसी सह-कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, एनसीसी युवा संयोजक राज कुमार श्रेष्ठ, आरसीसीउपाध्यक्ष कृष्ण अधिकारी लगायत अन्य आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्ने समूहले उक्त शैक्षिक सहयोगको अबधारणा तय गरेको थियो ।

अञ्जन पोखरेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment