Comments Add Comment

पोखरामा गुञ्जिँदै भारतीय गायक अमित पल

पोखरा । लेकसाइडमा खुलेको डुंगा रेस्टो एन्ड लाउन्ज बार दोस्रो वर्ष प्रवेश गरेको छ । युवा स्वरोजगार र युवा तारगेट गरी खुलेको रेस्टोले दोस्रो वर्ष प्रवेशको अवसरमा समाजिक सेवादेखि, विभिन्न छुट र सांगीतिक कार्यक्रम सार्वजनिक गरेको छ ।

रेस्टोले दोस्रो वर्ष प्रवेशकै अवसरमा सोमबार रक्तादान कार्यक्रम तथा पत्रकार सम्मेलनमार्फत अाफ्ना योजना सार्वजनिक गर्‍यो । रक्तदान कार्यक्रमबाट ६० जनाले रगत दान गरेका छजनाले रगत दान गरेका छन् । वर्ष गाँठकै अवसरमा रेस्टुरेन्टमा आएका ग्राहकको खर्चबाट १ सय रुपैयाँ डुंगा फाउन्डेसनमा जम्मा गर्ने र त्यसमा थप गरेर धुर्मुुससुन्तली फाउन्डेसनलाई प्रदान गर्ने रेस्टोले जनाएको छ ।

‘पोखराकै एक रेस्टुरेन्टमा कार्यरत एक मुटु रोगबाट पीडित कर्मचारीको सहयोगार्थ ५० हजार र बाढी पीडितहरुलाई ६० हजार रुपैयाँ सहयोग गरेका थियौं,’ डुंगा रेस्टोका व्यवस्थापक प्रमोदबहादुर थापाले भने, ‘हामीले व्यवसायबाट पैसा कमाउने काममात्रै गरेका छैनौं, सामाजिक काम पनि गर्दै आइरहेका छौं र यो निरन्तर चलिरहन्छ ।’

रेस्टोले ट्राफिक बोर्डदेखि तालबाराही मन्दिर जान डुंगा लाग्ने ठाउँमा फलामको बेन्च व्यवस्था गर्नेसम्मको काम गरेको थापाले बताए । वर्षगाँठकै अवसरमा रेस्टुरेन्टका अध्यक्ष राजेश गुरुङ र व्यवस्थापक थापाले आँखा दान गर्ने घोषणा पनि गरे ।

तन्नेरी पुस्तादेखि पाका व्यक्तिहरुलाई समेत लोभ्याउँदै सांगीतिक कार्यक्रमको साथमा विभिन्न परिकारको स्वाद चखाइरहेको रेस्टोले वाषिर्कोत्सवकै अवसरमा देशविदेशका चर्चित कलाकारलाई प्रस्तुत गर्न लागेको अध्यक्ष गुरुङले बताए । तेस्रो इन्डियन आइडलका फस्ट रनरअप अमित पललाई रेस्टोले पोखरा ल्याउने भएको छ । ‘भारतीय सिने तथा संगीतको क्षेत्रमा उत्कृष्ठ गीतसमेत दिइरहेका पललाई हामीले पोखरा ल्याउन लागेका छौं,’ रेस्टोका निर्देशक अर्जुन परियारले भने, ‘पोखरेलीले अमित पललाई सुन्नमात्रै पाउने छैनन्, यसले यहाँको पर्यटनमा समेत टेवा पुग्नेछ ।’

१० गतेदेखि १२ गतेसम्म रेस्टोमा विशेष कार्यक्रम हुने छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम सञ्चालन गर्नेछिन् भने अमित पलसहित मुक्ति एन्ड रिभल, द एक्स, मीलन एन्ड फ्रेन्डस्, इन्फ्लेम , सन्दीप क्षेत्री तथा डिजे उमेशको सांगीतिक प्रस्तुति रहनेछ । रेस्टुरेन्टमा आउने ग्राहकलाई सरप्राइज गिफ्ट हृयाम्परको पनि सुविधा रहेको रेस्टोले जनाएको छ ।

देश तथा विदेशका कलाकारलाई एउटै मञ्चमा उभ्याएर प्रस्तुति दिए पनि त्यसको अलग शुल्क नलिने बरु ग्राहकबाट उठेको रकमबाट केही प्रतिसत सामाजिक काममा लगाउने रेस्टोले जानकारी दिएको छ ।

युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ रेस्टोमा अहिलेे ५२ जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment