Comments Add Comment

लेखनाथ पौड्यालका सबै कृति एउटै संग्रहमा प्रकाशित

७ फागुन, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरू एउटै संग्रहमा संकलन गरिएको छ । पाँच खण्डमा समेटिएको ‘कवि शिरोमणि रचनावली’ सोमबार पौड्यालको स्मृति दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्यिक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा भएको थियो ।

सो अवसरमा नेपाली शिक्षा परिषदकी महासचिव रमा शर्माले कवि शिरोमणि लेखनाथसँगको भेटका क्षणहरूको संस्मरण गर्दै भनिन् ‘लेखनाथका कविताले आफ्नो पुस्तालाई नैतिकवान गुणी बन्नमा प्रेरित गरेको छ ।’ उनले लेखनाथको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवश्यक रहेको बताइन् ।

लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले हजुरबाका कृतिहरु एकमुष्ठ प्रकाशित भएपछि अब उनलाई पढ्न चाहनेहरुका लागि सजिलो भएको बताइन् ।

कृतिका सम्पादक प्राध्यापक सनतकुमार वस्तीले आफू लेखनाथको साहित्यको पुजारी भएको बताउँदै यो कृतिमा काम गर्न पाउनु खुशीको  कुरा भएको बताए ।

पब्लिकेसन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारका कृतिलाई ‘नेपालय क्लासिक्स’ शीर्षकमा प्रकाशित गर्दै आएको छ ।

लेखनाथका सम्पूर्ण रचनाहरूको खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कवि शिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन् । आकर्षक र बाक्लो गातासहित पाँच भागमा समेटिएको ‘कवि शिरोमणि रचनावली’ को मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment