Comments Add Comment

मड्रिड र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार हुँदै

स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी (बाँया) र मड्रिडका उपमेयर लुइस कुएदो (दायाँ) ।

७ फागुन, बार्सिलोना । स्पेनको मड्रिड महानगरपालिका र काठमाडौं महानगरपालिकावीच भगिनी सम्बन्ध विस्तार हुने भएको छ ।

मड्रिड नगरका उपमेयर लुइस कुएदो लगायतको एक उच्चस्तरीय टोलीको नेपाल भ्रमणका क्रममा दुई शहरबीच सम्झौता हुन लागेको हो ।

काठमाडौं महानगरपालिकाको निमन्त्रणामा स्पेनको टोलीले फेब्रुअरीको अन्तिम साता ५ दिने नेपाल भम्रण गर्दैछ ।

उपमेयर सहित विभिन्न क्षेत्रका १५ देखि २० जना सम्मको टोलीले नेपाल भ्रमण गर्ने स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले अनलाइनखअबरलाई बताए ।

रायमाझीले भने-‘काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको प्रस्तावमा दुई नगरबीच भगिनी सम्बन्ध स्थापित हुँदैछ, टोलीले नेपालको वातावरण, प्रविधि, खेलकुद, लगानी, पर्यटन र प्रविधिको विषयमा सहकार्य गर्नेबारे छलफल तथा अध्ययन गर्नेछ ।’

यसअघि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले गत सेक्टेम्बरमा मडि्रडको भम्रण गर्दै भगिनी सम्बन्ध विस्तारका लागि प्रस्ताव गरेका थिए ।

मेयर शाक्यको प्रस्ताव अनुसार दुई नगरबीच दुई सातापछि भगिनी सम्बन्ध विस्तारसम्बन्धी पत्रमा हस्ताक्षर हुनेभएको छ ।

स्पेनको प्रतिनिधि मण्डलले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चस्तरीय सरकारी अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रमसमेत निश्चित भएको राजदूत रायमाझीले जानकारी दिए ।

नेपालका लागि स्पेनको भ्रमण टोलीमा यातायात, वातावरण, खेलकुद, पर्यटन, प्रविधि लगायतका क्षेत्रमा काम गरेका विज्ञहरु सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment