Comments Add Comment

केके छन् सोमबारका टप १० समाचार ?

आज सोमबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने 

सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्न थियो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र गायक उदितनारायण झा चर्चित बनेसँगै भारत भाँसिए । सन्दिपले भोलि त्यो गर्दैन भन्ने के छ र ?

२. एमाले सांसद शाहीले दिए राजीनामा, पैसामा मन्त्री पद बाँडेको आरोप 

एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् ।

३. पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाल आउँदै चिनियाँ विज्ञ 

सरकारले नै यस विषयमा गम्भीर चासो देखाएको पाइँदैन । संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि मात्रै तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो ।

४. एमालेमा जबजको च्याप्टरः दक्ष प्रजापतिको टाउकै गायव 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् ।

५. प्रधानमन्त्रीमा आलोपालो, अध्यक्षता पालैपालो !

अध्यक्षबारे ओली र प्रचण्डवीच भएको लामो छलफलमा पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको स्रोतले बतायो । एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबै अध्यक्षता गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ ।

६. कांग्रेसमा पुनर्जागरण अभियान, पाँच वर्षपछि बहुमतसहितको पहिलो पार्टी बनाउने

नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतले घोषणा गरेको अभियानले तलदेखि माथिसम्मको कांग्रेसलाई जागृत गराउने दाबी गरिएको छ ।

७. पूर्वमा मिटरब्याजविरुद्ध सीआईबीको अप्रेशन, पक्राउ परे ८ व्यवसायी

प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

८. नेपाली राजनीतिमा मात्रिका-बीपी द्वन्द्वका बाछिटा

राणाशासन हटाइएपछि जनताका तर्फबाट पहिलो प्रधानमन्त्री बने, मात्रिकाप्रसाद कोइराला । सत्तामा पुगेको कांग्रेसको राजनीतिक, सांगठनिक नेतृत्वलाई लिएर मात्रिकाप्रसाद र उनका भाइ बीपी कोइरालाबीच द्वन्द्व शुरु भइसकेको थियो ।

९. सर्बोच्चले खोल्यो एनालग टेलिभिजन बन्द गर्ने बाटो

सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुलेको छ । सर्बोच्च अदालतले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन हुने भएको हो ।

१०. अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन् ।

र, यो पनि,

कुखुरोको फोटो पत्रिकामा छापेपछि मलेसिया सरकारलाई तनाव

वाणिज्य मन्त्रालयले यस विज्ञापनको माध्यमवाट आम नागरिकलाई कुकुर वर्षको शुभकामना दिएको थियो । यसमा कुखुराले कुकुरको आवाज निकालेर भुकेको देखाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment