Comments Add Comment

दाह्री खौरिदा विचार पुर्‍याउनुपर्ने ५ कुरा

त्यसो त आजकालका युवाहरुमा दाह्री पाल्ने फेसन छ । तर, पनि क्लीन सेभ गरेर सफा अनुहार बनाउन चाहनेहरु पनि उत्तिकै छन् ।

यदि तपाईं पनि क्लीन सेभको पक्षपाति हुनुहुन्छ र आफैं दाह्री खौरिने गर्नुभएको छ भने तपाईंले केही नियमको पालना गर्नुपर्ने हुन्छ । अन्यथा एलर्जी भएर अनुहारमा खटिरा निस्किन सक्छ भने छालामा अन्य विभिन्न समस्या देखिन सक्छ । यहाँ हामी तपाईंलाई सही तरिकाले सेभिङ गर्न केही टिप्सहरु दिँदैछौं ।

अनुहार राम्ररी धुने

सेभिङ गर्नुभन्दा अगाडि अनुहार राम्ररी धुनु आवश्यक छ । यसका लागि मनतातो पानी प्रयोग गर्नुभयो भने दाह्री बनाउन जलन कम हुन्छ । मनतातो पानीले दाह्री भिजाउँदा सेभिङ सजिलो र स्मुथ हुन्छ । यसका अलावा मनतातो पानीले अनुहारको तैलियपन निस्केर जान्छ र छालाका मरेका कोषहरु पनि सफा हुन्छन् । यदि सेभ गर्दा धेयै चहर्‍याउँछ वा दाह्रीइ धेरै कडा छ भने पहिले तातो पानीमा भिजाइएको तौलियाले दाह्रीर्लाइ पाँच मिनेटसम्म मुलायम बनाउनुस ।

मुलायम ब्रस

सेभिङ गर्ने ब्रश अत्यन्त मुलायम हुनुपर्छ । ब्रश यदि कडा छ भने गालामा यसलाई दलिसकेपछि जलन र पिडा हुन सक्छ । कडा ब्रशको प्रयोगले तपाईंको गालामा डण्डीफोर आउने धेरै सम्भावना हुन्छ । साथै यसले गालाको छाला ताछेर अनेक प्रकारको इन्फेक्सन पनि हुन सक्छ । केही व्यक्तिहरु क्रिमको ठाउँमा फोमको प्रयोग गर्छन् र यसका लागि उनीहरु हातैले फोमलाई अनुहारमा लगाउँछन् । तर, फोमलाई पनि हातले नभएर ब्रशले नै लगाउनुपर्छ किनकी हातका किटाणु र ब्याक्टेरियाले अनुहारको छालालाई नोक्सानी पुर्‍याउन सक्छ ।

गुणस्तरीय रेजर

यदि तपाईं वान टाइम रेजरको प्रयोग गर्नुहुन्छ भने रेजरमा राम्रो गुणस्तरको ब्लेड लगाउनु आवश्यक छ । यदि तपाईं कयौं पटक प्रयोग गरिने रेजर प्रयोग गर्नुुहुन्छ भने त्यसको ब्लेड खराब हुनेवित्तिकै तुरुन्तै फेरिहाल्नुपर्छ । यसका अलावा हरेक पटक दाह्री बनाउनुभन्दा अगाडि रेजरलाई ५ मिनेट तातो पानीमा डुबाएर राख्नुस । यसबाट ब्लेडमा लागेका जम्र्सहरु समाप्त हुन्छन् र ब्लेडले राम्ररी काम गर्छ ।

यसरी खौरिनुस

के तपाईंलाई दाह्री खौरिनासाथ खटिरा निस्किने समस्या छ ? यदि छ भने जहिले पनि दाह्री माथिबाट तल खौरिनुस, तलबाट माथि होइन । उल्टो दिशामा दाह्री खौरिदा छाला पाछ्ने डर हुन्छ र यसले गर्दा खटिरा निस्किन्छ । साथै, रेजरलाई आरामले चलाउनुस, हतारमा होइन । सेभिङमा हतार गर्दा त्वचालाई नोक्सानी पुग्छ सक्छ ।

आफ्टर शेव लगाउने

सेभिङ गरिसकेपछि आफ्टर सेभ लोसन वा स्प्रे लगाउन नबिर्सिनुस । यसो गरेमा दाह्री बनाएपछि अनुहारमा रहने जम्र्स र ब्याक्टेरियाले अनुहारर्लाइ नोक्सानी पुर्‍याउन सक्दैनन् । यदि तपाईंलाई आफ्टर सेभ लगाउँदा धेरै जलन हुन्छ भने फिटकिरीको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment