Comments Add Comment

यस्तो गाउँ जहाँ उल्लूको अन्तिम संस्कार र श्राद्ध हुन्छ

के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ ।

बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद बाँडिएको थियो ।

समाचार अनुसार स्थानीय राधाकृष्ण मन्दिरमा केही दिनअघि एउटा उल्लू घाइते अवस्थामा भेटिएको थियो । गाउँलेहरुले उक्त उल्लूको उपचार त गरे, तर त्यसको ज्यान बचाउन सकेनन् ।

हिन्दु धर्म अनुसार लक्ष्मीको बाहन मानिने उल्लूको विधि विधान सहित अन्तिम संस्कार गर्ने निधो गाउँलेहरुले गरे । त्यसपछि उल्लूको शवलाई पहेँलो वस्त्रले बेरेर राखियो । धेरै मानिसहरु मृतक उल्लूलाई हेर्न पुगे । त्यसपछि मन्दिर नजिकैको क्षेत्रमा उल्लूको अन्तिम संस्कार गरियो ।

त्यसपछि उल्लूको श्राद्धकर्म गर्ने निर्णय पनि गरियो । उल्लूको अन्तिम संस्कार तथा श्राद्धका लागि गाउँलेहरुबाट रकम उठाइएको थियो । उल्लूको श्राद्धसँगै कन्याहरुलई भोजन पनि गराइएको थियो ।

स्मरणरहोस्, यो गाउँ जनावरहरुको अन्तिम संस्कारका लागि चर्चित छ । यसअघि पनि यहाँ धेरै जनावर तथा चराचुरुंगीको अन्तिम संस्कार भैसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment