Comments Add Comment

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः कांग्रेस

'यसरी ओलीले ५ वर्ष चलाउन सक्नुहुन्न'

८ फागुन, काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ ।

यो संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले बताएको छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई पठाएको छ ।

कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक भएको बताए । ‘यसको हाम्रो पार्टीले विरोध गर्छ । यो असंवैधानिक र सहमतिको भावना विपरित छ,’ उनले अनलाइनखबरसँग भने, ‘यो हिसाबले ओलीले ५ वर्ष चलाउन सक्नुहुन्न ।’

देउवा सरकारले कांग्रेस कार्यकर्ता पठाएकाले ओली सरकारले स्वीकार नगरेको हो कि भन्ने प्रश्नमा उनले उपयुक्त व्यक्तिहरु नै पठाइएको दाबी गरे ।

यो पनि पढ्नुहोस्

राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment