Comments Add Comment

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु

८ फागुन, कपिलवस्तु । यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिए ।

नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

सुपर सिक्समा गौतम बुद्ध विजयी

कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमाञ्चक प्रतिष्पर्धाका बीच सुपर सिक्समा गौतमबुद्ध क्रिकेट क्लबले एक रनले जितेको छ ।

प्रतियोगिताको पहिलो इनिङमा गौतमबुद्धले १८ ओभर ३ बलमा अल आउट हुँदै ९६ रन जोडेको थियो । गौतमबुद्धका खेलाडी विश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङतर्फ जयबुद्धका परवेज अन्सारी र अखलाख आलमले समान तीन–तीन विकेट लिएका थिए ।

खेलको दोस्रो इनिङमा जयबुद्धले २० ओभरमा आठ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । जयबुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाएका थिए भने गौतमबुद्धका कलिम खानले तीन विकेट लिएका थिए ।

दुवै टोलीबीच बराबरी स्कोर भएपछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ गरेको जयबुद्धले छ रन बनाउँदा गौतमबुद्धले एक ओभरमा सात रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment