Comments Add Comment

आमिर खानले रानीसँग किन माग्नुपर्‍यो माफी ? 

रानी मुखर्जी पहिलोपटक बलिउडमा इन्ट्री गर्दा उनको आवाजसँग निर्माताहरु हच्किएका थिए । कारण उनको आवाज एउटी स्त्रीको भन्दा पनि बच्चाको जस्तो थियो ।

चलचित्र ‘गुलाम’मा काम गर्दाको अनुभव शेयर गर्दै रानी भन्छिन्, ‘आमिर खान, निर्देशक विक्रम भट्ट र निर्माता मुकेश भट्ट मेरो आवाजले चरित्रलाई न्याय गर्दैन कि भनेर डराएका थिए । उनीहरुले सेटमै भनेका थिए, तिम्रो आवाज गतिलो छैन । चरित्रलाई न्याय गर्न सक्दिनौ ।’

सोही समय उनले ‘गुलाम’ र करण जौहरको ‘कुछ कुछ होता है’ मा सँगै काम गरेकी थिइन् । निर्देशक जौहरले भने रानीकै आवाजमा डबिङ गर्ने योजना सुनाए । जौहर त्यतिवेला नयाँ निर्देशक थिए तर, उनले रानीकै आवाजमा डबिङ गर्ने अडान लिए ।

‘निर्देशक जौहरको उक्त निर्णयले मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो,’ रानीले भनिन् । ‘कुछ कुछ होता है’ हेरेपछि उनलाई आमिर खानले फोन गरेरै माफी मागे ।

‘मलाई विश्वास थिएन तिम्रो आवाज तिम्रो चरित्रको लागि सुहाउँछ भनेर । म माफी चाहन्छु, मैले मेरो शब्द फिर्ता लिएँ । तिम्रो आवाज एकदमै राम्रो छ,’ आमिरले भने ।

रानीको उचाईको विषयमा पनि सुरुमा टिप्पणी भएको थियो । शाहरुख खान, सलमान खान र आमिर खानसँग काम गरिन्, तर कुनै पनि दर्शकले उनको उचाईको विषयमा टिप्पणी गरेनन् ।

उनी यसकारण मख्ख छिन् कि ठूला निर्देशकसँग काम गर्न पाएकी छिन् । पहिलो फिल्म चान्सले पाए पनि त्यसपछिका फिल्म आफ्नै क्षमताले पाएको उनको बुझाई छ ।

चार वर्षपछि उनी पुनः अभिनयमा फर्केकी छिन्, ‘हिच्की’ लिएर । यति समय हराएकोमा कुनै ग्लानी छैन । दुई वर्ष छोरी अदितीका लागि दिएकोमा उनी आफैंप्रति गर्व गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment