Comments Add Comment

वाम एकताको संगठनात्मक मोडेलः तीन तहको केन्द्रीय अंग रहने

माओवादीका हजारौं केन्द्रीय सदस्य घटुवा हुने

 

८ फागुन, काठमाडौं । एमाले र माओवादीवीच पार्टी एकतासँगै तीन तहका केन्द्रीय निकायहरु रहनेछन् । साथै एकीकृत केन्द्रीय कमिटीमा माओवादीका नेताहरु ठूलो संख्यामा छाँटिने छन् ।

हाल नेकपा एमालेका केन्द्रीय सदस्यहरु २ सय जति छन् भने माओवादीको केन्द्रीय कमिटी ४ हजार सदस्यीय छ । अब बन्ने केन्द्रीय कमिटी सानो आकारको हुने नेताहरुले बताएका छन् ।

एमाले र माओवादी मिलेर बन्ने कमिटीमा केपी ओली र प्रचण्ड दुबैजना अध्यक्ष रहनेछन् । त्यसपछि सानो आकारको स्थायी कमिटी बनाइने छ  । र, स्थायी कमिटीभन्दा केही ठूलो आकारको पोटिब्यूरो कमिटी बनाइनेछ । पोलिटब्यूरो भन्दा मुनि केन्द्रीय कमिटी रहनेछ ।

यसो गर्दा माओवादीका हजारौं केन्द्रीय सदस्यहरुलाई घटुवा एवं पजँनी गरिनेछ ।

आगामी एक वर्षको अवधिमा दुवैतर्फका पार्टी सदस्यहरु र देशैभरिका कमिटीहरुको समायोजन एवं अभिलेखीकरण गरिने र एक वर्षपछि एकता महाधिवशेन गरिने सहमति भएको नेताहरुले जनाएका छन् ।

यसवीचमा दुई दलीय कार्यदलले अन्तरिम विधान बनाउनेछ । साथै जबज र माओवाद अनि एक्काइशौं शताब्दीको जनवादको भावनालाई समेटेरे राजनीतिक प्रतिवेदन तयार पारेर तलसम्म छलफलका लागि पठाइने छ । सो दस्तावेजमाथिको छलफलपछि आगामी महाधिवेशनले मार्क्सवाद लेनिनवादको निर्देशक सिद्धान्तका आधारमा पार्टीको राजनीतिक कार्यदिशा निश्चित गर्ने छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले सञ्चार माध्यमलाई दिएको प्रतिक्रिया अनुसार एकता महाधिवेशनको तयारीका लागि एक वर्षदेखि डेढ वर्षसम्म समय लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment