Comments Add Comment

आँखा झिम्क्याउने नायिका किन पुगिन् उच्च अदालत ?

इन्टरनेटमा सन्नी लियोनी भन्दा धेरै उनको खोजी भयो

तन्नेरीले भ्यालेनटाइन मनाइरहँदा एउटा भिडियो खुब भाइरल भएको थियो, एक स्कुले युवतीले आँखा झिम्काएको । युवती थिइन्, प्रिया प्रकाश वारियर । दक्षिण भारितय अभिनेत्री । दृश्य थियो, फिल्म ‘ओरु अड्डार लभ’को । उनी त्यही भिडियोले रातारात चर्चामा आइन् । त्यही भिडियोले उनलाई लफडामा पनि फसायो ।

एकआँखा झिम्क्याएर चर्चामा आएकी मलयाली नायिका प्रिया प्रकाश वारियर आफु बिरुद्ध परेको उजुरी रद्द गरियोस् भन्दै उच्च अदालत पुगेकी छिन् ।

प्रियाले अभिनय गरेको चलचित्र ‘ओरु अड्डार लभ’ मा रहेका माणिक्य मलारया बोलको गीतले मुस्लिम समुदायको भावनामा चोट पुर्‍याएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । त्यसको सुनवाईका लागि उनी अदालतमा उपस्थित भएकी हुन् ।

पि्रयाले आफुले कसैको भावनामा चोट पुर्‍याउने भावनाले काम नगरेको बताउदै सबै समुदायको सम्मान गर्ने बताएकी छिन् ।

भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सार्वजनिक भएको २६ सकेण्डको भिडियो क्लिप्सले अहिले प्रियालाई भारतकै चर्चित कलाकारको श्रेणीमा उभ्याएको छ । इन्टरनेटमा सन्नी लियोनी भन्दा धेरै उनको खोजी हुन थालेको छ भने इन्स्टाग्राममा उनका फलोअर्स  प्रियंका  चोपडा, दिपिका पादुकोणको भन्दा धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment