Comments Add Comment

बानेश्वर प्रहरी वृत नजिकै शंकास्पद वस्तु भेटियो

तस्वीरः मिलन अधिकारी/ अनलाइनखबर

८ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो ।

वृतका डिएसपी रवि पौडेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो । र, बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ । थप अनुसन्धान थालिएको छ ।

यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment