Comments Add Comment

शिरीषको ‘खुसी मात्रै’…

२० फेब्रुअरी, यूएई । गोरखा अश्राङ-४ स्थायी घर भएका लक्ष्मण भन्तना ‘शिरीष’ले रोजगारीका लागि घर छाडेको एक दशकभन्दा बढी नै भएको छ ।

यो अवधिमा उनले के कमाए ?  के गुमाए ?  कति खुशी बटुले ?  अथवा के कति दु:खको सागरमा डुबे ?  नेपाली साहित्यको गीत र गजल विधामा रुचि राख्ने शिरीष यो अवधिमा रोजगारीसँगै साहित्य र गीत लेखनको क्षेत्रमा भने आफूलाई अब्बल सावित गराइसकेका छन् ।

उनको कुनै एकल कृति वा सङ्ग्रह सार्वजनिक नभए पनि उनी भाग्यमानी सर्जक मानिन्छन् यूएईको परिवेशमा ।

मनमा असरल्ल उब्जिएका भावनाहरुलाई उनले डायरीमै संकुचन गरि राखेका छन् । करिब २/३ सयको हाराहारीमा होलान् सिर्जनात्मक कोसेलीहरु । ती शब्दका खातहरुभित्र कुनै गजल होलान् वा कुनै गीत त कोही आँफैले गीत तथा गजल स्विकार्न नसकेका अभिव्यक्तिहरु ।

सबै सिर्जना हत्तपत्त बाहिर फाल्दैनन शिरीष । जथाभावी अभिव्यक्ति थुपार्ने चौरस्ता बनाउन चाहदैनन् फेसबुकलाई पनि ।

थोरै मात्रै सार्वजनिक गर्छन् तर गुणस्तरिय । राम्रो प्रतिक्रिया बटुल्छ्न उनका सिर्जनाहरुले । यूएईको नेपाली साहित्यिक माहोलमा थोरै लेख्ने तर स्तरीय लेख्ने सीमित सर्जकमा शिरीष सम्भवत शिर्ष स्थानमै पर्छन् ।

दोश्रो म्युजिक भिडियो अवार्ड २०१७ मा उत्कृष्ट रचनाकारको उपाधी उनकै हातमा परेपछि गीत प्रतिको झुकाव र लगाव अझैं बढेको बताउने ‘शिरीष’ भन्छन-‘नेपाली संगीतमा त्यसैपनि अपहेलित रचनाकारहरुका गीत कति त बाटोमै हराउँछन’ ।

त्यसैले त शिरीष गीत रेकर्ड हुने दरिलो आधारबिना आफ्नो सिर्जना जोकोहीलाई दिदैनन् । यस अर्थमा शिरीष भाग्यमानी हुन कि उनको पहिलो गीतले गत डिसेम्बर १ मा अबुधाबीमा आयोजित दोश्रो म्युजिक भिडियो अवार्डमा ‘बेस्ट लिरिक्स’को उपाधी चुम्न सफल भएको थियो । उनै शिरीषको दोश्रो गित ‘खुशी मात्रै …’ भर्खरै सार्वजनिक भएको छ ।

राजेश थापाको संगीत र सीडी विजय अधिकारीको स्वर रहेको गीत “खुशी मात्रै”…मा राजु कार्कीको एरेञ्ज, राजाबाबु थारुको रेकर्डिङ र चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।

एभरेस्ट ग्यालरीको उत्पादन तथा वितरण रहेको उक्त गीत अकस्टिक नेपालको स्टुडियोमा रेकर्डिङ भएको हो । म्युजिक नेपालको ब्यानरमा गत साता भिडियो सहित सार्वजनिक भएको गीत खुशीको भिडियोलाई राधाकृष्ण आचार्यले निर्देशन गरेका छन् ।

सनम कठायत र सायना जिसीको मुख्य भूमिका रहेको भिडियोमा बाल कलाकार एभिलिनाको समेत जिवन्त अभिनय हेर्न पाइन्छ ।

रेशम दर्लामीको छायांकन रहेको भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका हुन् । शिरीषको यस अघि सार्वजनिक भएको पहिलो गित ‘मीठो सरगम’ ले नेपाली संगीत पारखीहरुको मन जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment