Comments Add Comment

चुनाव लडि्दन, सहमतिमा दिए दलको नेता बन्छु : शशांक कोइराला

८ फागुन, चितवन । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजिने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरे । ‘मलाई पनि कतिपय साथीहरुले संसदीय दलको नेता उठ्न भन्नुभएको छ’ उनले भने, ‘निर्वाचनबाट दलको नेता हुन्न सहमतिमा दिए हुन्छु ।’

पार्टीमा नेतृत्व परिवर्तनको आवश्यक भए पनि अहिले नै महाधिवेशन गर्न नसकिने उनले बताए ।

एमाले र माओवादीबीच भएको पार्टी एकतालाई कांग्रेसले कुन रुपमा लिएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री शशांकले भने, ‘कांग्रेसका लागि चुनौती र प्रतिस्पर्धा बढे पनि दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता हुनु खुसीको कुरा हो । हामीले पनि आफ्नो पार्टीलाई जोगाउनुपर्छ ।’

कांग्रेस विपक्षमा रहँदा संगठित हुने भन्दै उनले पार्टीलाई बलियो बनाउने अभियान चलाउने बताए । कांग्रेस नेतृत्वले अझै हार स्वीकार नगरेको हो भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘पार्टी सभापतिले व्यक्तिगत रुपमा स्वीकार नगरे पनि कांग्रेसले हार स्वीकार गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment