Comments Add Comment

दूतावासमा दास सरह घरेलु श्रमिक

एक दूतावासमा काम गर्दै कर्मचारीः तस्वीर एबीसी अष्ट्रेलिया

क्यानबेरा / अस्ट्रेलियाको एक सञ्चार माध्यमले गरेको पछिल्लो अनुसन्धानले राजधानी क्यान्बेरामा रहेका विभिन्न देशका दूतावासहरूमा २० भन्दा बढी घरेलु श्रमिकलाई दास सरह ब्यबहार गरिएको जनाइएको छ ।

कुटनीतिक उन्मुक्ति ‘डिप्लोम्याटिक इम्युनिटी’ को फाइदा लिएर ती दूतावास र त्यहाँका उच्च अधिकारीले आफ्नै देशबाट ल्याएका वा यतै काममा भर्ना गरेका श्रमिकलार्इ अत्यन्त न्यून ज्यालामा काम गराइरहेका रहस्य खुलेको छ ।

ती घरेलु श्रमिकलार्इ प्रतिदिन आठ देखि १२ घण्टा काममा लगाइ तथा उनीहरुको इच्छा नहुँदा कार्यस्थल छाड्न समेत प्रतिबन्ध लगाएर राखिएको पत्ता लगाएको सम्बाददाता हरुको दाबी छ ।

आशंका यसरी पनि गरिएको छ कि कतै कुटनीतिक उन्मुक्तिको फाइदा उठाएर ती राजदूतहरुले मानव तस्करी त गरिरहेका छैनन् ?

अस्ट्रेलियामा कानून व्यवसाय गरिरहेका नेपाली कानून व्यबसायी डा. सम्शेर सिंह थापाका अनुसार भिएना सन्धि हस्ताक्षर गरेका पक्ष रास्ट्रहरुले आफ्नो देशमा खुलेका बिदेशी कुटनीतिक नियोगका बारेमा कुनै गुनाशाहरु भेटिएमा निश्चित सीमाभित्र कुनै पनि सोधखोज गर्न मिल्दैन ।

डा. थापाका अनुसार ती गुनासाहरु तथ्यपरक भेटिएमा पनि आरोपित कुटनीतिज्ञमाथि यहाँ कुनै कानूनी कारबाही हुदैन् ।

कुटनीतिज्ञको प्रमाणीकरण (रातो /निलो) भएकाहरुका हकमा उनीहरुका निकट परिवारका सदस्यहरुलाई पनि कारबाही गर्न मिल्दैन । तर, अस्ट्रेलियाले ती कुटनीतिज्ञको देशलार्इ भने नोट मार्फत जानकारी चाही दिने गर्दछ ।

प्रसंग फेरि दूतावासका घरेलु श्रमिकहरुको गरौ । अस्ट्रेलियाका खोज पत्रकार लुइस मिलिगनले आफ्नो रिपोर्टमा भनेका छन् – हाल ती घरेलु श्रमिकहरु भने दुताबासबाट भागेका छन् ।

एबीसीको फोर कर्नर नामक टेलिभिजन कार्यक्रम टोलीले यसमध्येका तिन श्रमिकहरूसँग कुराकानी गर्न सफल भएको थियो ।

विभिन्न तीन दूतावासमा कार्यरत कूटनीतिज्ञहरूले आफूलाई दास समान राखेको भए पनि कूटनीतिक नियोगका शक्तिका अगाडि अस्ट्रेलियाली सरकारी निकायहरूले केही पनि गर्न नसकेको उनीहरूको गुनासो छ ।

कूटनीतिक नियोगका विरुद्ध अस्ट्रेलियाली अदालतमा मुद्दा चलाउन नमिल्ने भएकाले यस्तो भएको हो भन्ने उनीहरूको दाबी छ । ‘अस्ट्रेलियाको मुटुमै १९ औँ शताब्दीको यस्तो अभ्यास भइरहेको छ, जुन आफैँमा सोच्नै नसकिने कुरा हो ।’

क्लेटन उज नामक ल र्फम मार्फत् यस्ता श्रमिकका लागि निःशुल्क कानुनी सहायता प्रदान गरिरहेका डेभिड हिलार्ड भन्छन् । ‘म झ्यालखानाजस्तै अवस्थामा थिएँ । एउटा बाकसजस्तो सानो कोठा थियो र त्यहाँबाट चार भित्ता बाहेक केही देखिदैनथे ।’

एक श्रमिक बताउँछिन् । अस्ट्रेलियाली सरकारको नियम अनुसार कुनै पनि दूतावास तथा कूटनीतिज्ञका आवासमा काम गर्ने कर्मचारीहरूले आफ्नो राहदानी सदैव आफूसँगै राख्नुपर्छ । तर, कार्यक्रमले कुरा गरेका दुई श्रमिकले आफ्नो राहदानी रोजगारदाताले खोसेर लगेको बताए ।

घरेलु श्रमिकका अधिकारका लागि काम गरिरहेको संस्था स्याल्भेसन आर्मीकी जेनी स्टेग्नर भन्छिन्, ‘विशेषतः क्यान्बेरामा रहेका कूटनीतिज्ञका आवासमा भएका २०भन्दा बढी घटनाका उजुरी हामीसँग आइपुगेका छन् ।’

हालै अस्ट्रेलियाली सङ्घीय प्रहरी र अध्यागमन विभागले गरेको एक अनुसन्धानमा यसरी कूटनीतिज्ञको घरबाट भागेका एक श्रमिकलाई आफ्नै देश फर्किनु असुरक्षित हुने पाइएपछि ती पूर्व घरेलु श्रमिकलाई संरक्षण भिसा प्रदान गरिएको छ ।

यद्यपि, उनका रोजगारदाता कूटनीतिज्ञ भने अझै पनि उच्च पदमा सेवारत छिन् । फोर कर्नरले कुरा गरेका श्रमिकहरूलाई उनीहरूकै देशमा सम्झौता पत्र दिइएको थियो ।

त्यसपछि अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालयबाट ती सम्झौताको अध्ययन गरी उनीहरूलाई न्यूनतम पारिश्रमिक दिइने अनि अस्ट्रेलियाको श्रम कानुन लागू गरिने सर्तमा काममा लगाइएको थियो ।

तर, अस्ट्रेलिया आएपछि एक श्रमिकलाई उक्त सम्झौता बिर्सन भनियो र भनिएको भन्दा एकदमै कम तलब दिइयो ।

कुराकानी गरिएका सबैले आफूलाई हप्ते बिदा र अन्य बिदा कहिल्यै नदिइएको, थप काम गरे वापत सट्टा विदा वा ज्वाला पनि नदिइएको बताए ।

उनीहरूले कहिलेकाँही १८ घण्टासम्म काम गरेका थिए । ‘यस्तो अभ्यासमा हाम्रा कानुनको बेवास्ता गर्ने मनसाय स्पष्ट भएको छ र अस्ट्रेलियामा कसैलाई काममा लगाउँदा हाम्रो अपेक्षा के हुन्छ भन्ने कुरा पनि ख्याल नगरिएजस्तो मलाई लाग्छ ।’ स्टेग्नर भन्छिन् ।

सिड्नी विश्वविद्यालयकी अन्तर्राष्ट्रिय कानूनविद् एलिसन पर्टका अनुसार कूटनीतिज्ञलाई अदालती प्रक्रियाबाट छुट दिनुको अर्थ अन्य देशमा रहेका अस्ट्रेलियाली कूटनीतिज्ञलाई पनि त्यस्तै छुट दिइएको हुन सक्छ । ‘अर्थात्, यसको समाधान कानुनी होइन कि नैतिक वा राजनीतिक हुन सक्छ ।’

कूटनीतिज्ञ पठाउने देशले त्यस्तो छुट कार्यान्वयन नगर्ने, शोषणमा संलग्न कर्मचारीलाई हटाउने तथा श्रमिकलाई तिर्नुपर्ने पैसा तिर्न लगाउने लगायतका उपाय अवलम्बन गर्न सकिन्छ ।

क्यानबेराको दुताबास इलाकाको नजिकबाट अध्ययन गरेका एक प्रयबेक्षक्का अनुशार कुनै कुनै देशका राजनीतिक नेता तथा उच्चा पदाधिकारीमा नै राजनैतिक नैतिकता नभएकाले उनीहरुले आफैले पठाएका कुटनीतिज्ञले गरेका कमजोरी माथि आफ्नो देशमा पनि दोहोरो उन्मुक्ति दिन सक्छन ।

यसैबीच अस्ट्रेलियाली परराष्ट्र मन्त्री जुली बिसपले एक विज्ञप्तिमा भनेकी छिन् कि उनको मन्त्रालयले विदेशी कूटनीतिज्ञबाट घरेलु श्रमिकमाथि भएका भनिएका दुर्व्यबहारलाई गम्भीर रूपमा लिएको छ र प्रहरीले यसबारे अनुसन्धान गर्नेछ ।

यो रिपोर्टको अध्ययन गर्दा र टेलिभिजन कार्यक्रम हेर्दा अस्ट्रेलिया जस्तो बिकसित देशमा त कुटनीतिक उन्मुक्तिको फाइदा उठाउँदै कुटनीतिज्ञहरु अनैतिक काम गरिरहेका छन् भने नेपाल जस्ता अविकसित देशमा भएका कुटनीतिज्ञहरुले राजनीतिक हस्तक्षेप् गर्ने देखि आफ्नो दुताबास परिषर भित्र झन् के कस्ता गतिबिधि गरिरहेका होलान त्यो नेपालमा पनि अध्ययनको बिषय भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment