Comments Add Comment

सुटुक्क बालुवाटार पुगेका उपेन्द्रलाई सरकारमा आउन ओलीको निम्तो

यादवको जवाफ- पहिले मुद्दा सम्वोधन होस्

८ फागुन, काठमाडौं । बालुवाटारमा एमाले र माओवादीबीच पार्टी एकताका लागि निणर्ायक वार्ता भइरहेका बेला सोमबार साँझ एकाएक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे ।

तर, यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुटुक्कै बाहिरिए ।

एमाले नेता अग्नि खरेलले प्रधानमन्त्री ओली र यादवबीच भेट भएको स्वीकार गरे । खरेलले भने, ‘वाम गठबन्धनको सरकारमा सहभागी हुनुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो । राम्रो सन्देश पनि दिउँ र बलियो सरकार बनाऔं भन्ने उहाँको जोड छ ।’

प्रधानमन्त्री ओली अब हुने मन्त्रिपरिषद् विस्तारमा नै फोरमलाई पनि समावेश गर्ने सोचमा छन् ।

जवाफमा यादवले आफूहरु सकारात्मक रहेको तर, केही मुद्दा सम्बोधन हुनुपर्ने प्रधानमन्त्री ओलीलाई बताएका छन् ।

एमाले नेता खरेलका अनुसार दुई नेताबीच थप छलफल गर्ने समझदारी भएको छ ।

संविधान संशोधनबारे सरकार र वाम गठबन्धन सकारात्मक रहेको भन्दै खरेलले भने, ‘उहाँहरुको पनि संविधान संशोधनको मार्ग प्रशस्त गरौं भन्ने जायज छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment