Comments Add Comment

क्यालेन्डरमा छापिएको प्रियंकाको तस्वीरमाथि बबाल

पूर्वोत्तर भारतमा अभिनेत्री प्रियंका चोपडाको तस्वीर अंकित क्यालेन्डरलाई लिएर लफडा भएको छ । कंग्रेसका नेताहरुले क्यालेन्डरबाट प्रियंकाको तस्वीर हटाउन माग गरेका छन् ।

आसाम टुरिज्म डेभलपमेन्ट कर्पोरेसनले निकालेको क्यालेन्डरमा बबाल भएको हो । प्रियंका उक्त कर्पोरेसनकी ब्रान्ड एम्बेसडर हुन् । हालै पर्यटन प्रवर्द्धनका लागि निकालिएको क्यालेन्डरमा उनको फोटो राखिएको थियो । तर, कंग्रेसले फोटोमा प्रियंकाले लगाएको लुगामाथि आपत्ति जनाएको छ ।

प्रियंका  लगाएको लुगा निकै छोटो भएको र यसले आसामको सभ्यतालाई नदर्शाउने कंग्रेस नेताहरुले बताएका छन् । प्रियंकालाई तत्कालै ब्रान्ड एम्बेसडरबाट हटाउनुपर्ने उनीहरुको माग छ । आसाममा भारतीय जनता पार्टीको सरकार छ ।

‘उनले फ्रक लगाएर मोडलिङ गरेकी छिन्, यो हाम्रो संस्कृति होइन,’ एक कंग्रेस बिधायकले भने, ‘आसामभित्र पनि प्रतिभाशाली कलाकारहरु छन्, हामीलाई प्रियंका नै किन चाहियो ?’

कर्पोरेसनकी चेयरम्यान जयन्ता मल्ला बरुआले भने आसामलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यो क्यालेन्डर बनाइएको र यसमा प्रियंकाले लगाएको पोशाक आपत्तिजनक नरहेको बताइन् ।

प्रियंकाको पहिरनलाई लिएर यसअघि पनि विवाद भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको एक भेटवार्तामा उनले घुडासम्म मात्र आउने लुगा लगाएकी थिइन् । सामाजिक सञ्जालमा उनको खेदो गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment