Comments Add Comment

हतियारसहित नेपाल पसेका तीन भारतीय पक्राउ

८ फागुन, रौतहट । अबैध हतियारसहित तीन जना भारतीय नागरिकलाई रौतहट प्रहरीले गौरको एक होटलबाट पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको छ ।

गौर नगरपालिका-२ स्थित मुन्ना होटलबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिएका प्रहरीले भारत बिहार राज्य मुजफ्फरपुर जिल्ला हरसेर ग्रामपञ्चायत-१ कोदरियाका २८ वर्षीय मदन कुशवाहा, सोही जिल्ला घोसउत ग्रामपञ्चायत-१ स्वर्ण माधोपुरका २७ वर्षीय दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत-२ गदाईका २१ वर्षीय अजयप्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट दुई थान हतियार र तीन थान एसएलआरको गोली बरामद भएको थियो ।

होटलमा बसेर अपराधिक घटनाको योजना बनाइरहेको खबर प्रहरीलाई प्राप्त हुनासाथ सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेेको हो ।

उनीहरुको साथबाट अटोमेटिक पेस्तोल एक थान, नककटुवा पेस्तोल एक थान र एसएलआरमा लाग्ने गोली तीन थान बरामद भएको रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment