Comments Add Comment

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

८ फागुन, कपिलवस्तु । विप्लप समूहका कार्यकर्ताले गुडिरहेको बसमा बम प्रहार गर्दा १२ जना घाइते भएका छन् ।

काठमाडाैंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा मंगलबार दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment