Comments Add Comment

प्रचण्डको कूटनीतिक जवाफः अहिलेलाई ओली नै पाँच बर्षे प्रधानमन्त्री

८ फागुन, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलापालो प्रधानमन्त्रीको ‘भद्र सहमति’बारे कूटनीतिक जवाफ दिएका छन् ।

एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको छ ।

तर, आलोपालो प्रधानमन्त्री चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने भएकाले यसबारे डकुमेन्टेसन नगर्ने र सार्वजनिक रुपमा नबाल्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ छ ।

मंगलबार गृहजिल्ला चितवन पुग्दा आलोपालोबारे प्रश्न आएपछि प्रचण्डले कूटनीतिक जवाफ दिएका छन् । उनले भनेका छन्, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री ।’

एमाले र माओवादीको एकता गरेर डेढ, दुई वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको उनले बताए । प्रचण्डले भने, महाधिवेशनका लागि ५ वर्ष कुर्ने समय छैन । डेढ/दुई वर्षमा महाधिवेशन गर्छौ । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ ।’

५ वर्षका लागि नै उहाँ हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘ अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री । महाधिवेशनले अर्को निर्णय गरेछ भने मैले भन्न सक्दिन ।’

एमाले र माओवादीको एकता महाधिवेशन नहु ँदासम्म ओली र आफूले सहमतिमा पार्टी चलाउने उनले बताए । प्रचण्डले भने, पालोपालो बैंठकको अध्यक्षता हुन्छ, पत्राचार गर्दा दुवै जनाको हस्ताक्षर हुन्छ ।’

पार्टी एकताको औपचारिक घोषणा फागुनभित्रै गर्ने तयारी भइरहेको उनले बताए । ‘राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन लगत्तै र पार्टी एकताको प्राविधिक बिषय मिलाउने समितिको प्रतिवेदन आएपछि औपचारीक घोषणा हुन्छ’ माओवादी अध्यक्ष प्रचण्डले भने ।

आजै मन्त्री पठाउँछौं

प्रचण्डले माओवादी पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरु आजै पठाउने जानकारी दिए । २/३ जना मन्त्री पठाउने तयारी भइरहेको भन्दै उनले भने, ‘सरकारले छिट्टै पूर्णता पाउँछ त्यसमा केही समस्या छैन ।’

विप्लवको नेकपाको अर्थ छैन

एमाले र माओवादीले एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन् ।

आफ्नो पार्टीस ँग नाम मिलेको भन्दै नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । तर, प्रचण्डले भने आफुहरुको पार्टी नै आधिकारिक र वैधानिक भएको दाबी गरे ।

नाम मात्रैका नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष छैन । पार्टीभित्र जनताको मत र ग्राभिटी हुनुपर्छ’ उनले भने, ‘विप्लवको पार्टीको कुनै अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment