Comments Add Comment

मंगलबारका टप १० समाचारः च्याप्टर क्लोजदेखि ‘झापाली गुट’ को किचलोसम्म

 

आज मंगलबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. राष्ट्रियसभा डा. खतिवडासहित तीनजना सिफारिस, बन्लान त अर्थमन्त्री ?  

सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

२. प्रचण्डको कूटनीतिक जवाफः अहिलेलाई ओली नै पाँच बर्षे प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको छ ।मंगलबार गृहजिल्ला चितवन पुग्दा आलोपालोबारे प्रश्न आएपछि प्रचण्डले कूटनीतिक जवाफ दिएका छन् ।

३. विप्लवलाई के गर्ने ? ओली र प्रचण्ड बिलखबन्दमा !

विप्लव माओवादीले गरिरहेको राजनीतिक गतिविधि र संगठनात्मक क्रियाकलापबारे अबको सरकारको नीति के हो ? के उसले राष्ट्रिय सम्मलेन लगायतका क्रियाकलाप गर्दासमेत पक्राउ गर्ने सरकारको नीति हो ? के अब विप्लव नेतृत्वको माओवादीलाई सरकारले प्रतिबन्ध लगाउने हो ?

४. ७ बुँदे सहमतिले गर्‍यो ‘माओवाद’ को च्याप्टर क्लोज !

पार्टी एकताका लागि माओवादी र एमालेवीच हस्ताक्षरित ७ बुँदे सहमतिले ‘माओवाद’ वा ‘माओ विचारधारा’ को ‘च्याप्टर क्लोज’ गरिदिएको छ । सहमतिपत्रमा ‘माओवाद’ बारे छलफल गरिने भनिएता पनि अब माओवाद वा विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्ने छैन ।

५. ‘झापाली गुट’ को किचलोले प्रधानमन्त्रीको सचिवालय प्रभावित

आफूनिकट झापाली गुटका नेताहरुको खिचातानीका कारण प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयको टीम बनाउन सकेका छैनन् । जसको असर प्रधानमन्त्रीको दैनिक कार्यक्रममै पर्न थालेको छ ।

६. सुटुक्क बालुवाटार पुगेका उपेन्द्रलाई सरकारमा आउन ओलीको निम्तो

बालुवाटारमा एमाले र माओवादीबीच पार्टी एकताका लागि निणर्ायक वार्ता भइरहेका बेला सोमबार साँझ एकाएक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे ।तर, यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुटुक्कै बाहिरिए ।

७. प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाइने, भारतीय तरकारीमा प्रतिबन्ध !

प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने तयारी गरिएको छ ।प्रदेश ६ को पहिलो मन्त्रिपरिषद् बैठकले नै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको हो ।

८. बुढीगण्डकीमा देउवा सरकारको निर्णय उल्टाउने ओलीको तयारी, पाउला त चीनले ?  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उर्जा मन्त्रालयले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउन गेजुवासँग सम्झौता गरेको थियो ।तर देउवा सरकारका उर्जामन्त्री कमल थापाले गत कात्तिक २८ गते चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेको छ ।

९. डा. गोविन्द केसीद्वारा सर्वोच्चको तारेख अस्वीकार

अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् ।

१०. राजु मास्टरको पहिलो अभिनयः चप्पल देखियो, अनुहार गायब

हास्य टेलिश्रृंखला मेरी बास्सैका ‘राजु मास्टर’ को वास्तविक नाम पनि राजु नै हो । थर पौडेल । मेरी बास्सैमा धुर्मुस-सुन्तली हराएपछि उनी प्रमुख पात्रका रुपमा आएका छन् र दर्शकहरुले नोटिस गर्न थालेका छन् ।

र, यो पनि

अष्ट्रेलियाका दूतावासमा दाससरह घरेलु श्रमिक

अस्ट्रेलियाको एक सञ्चार माध्यमले गरेको पछिल्लो अनुसन्धानले राजधानी क्यान्बेरामा रहेका विभिन्न देशका दूतावासहरूमा २० भन्दा बढी घरेलु श्रमिकलाई दास सरह ब्यबहार गरिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment