Comments Add Comment

एमाले सांसद प्याकुरेल भन्छन्- अब ओलीले मधेसको उपचार गर्नुहुन्छ

मधेसमा ओलीको मान्छेले जितेको भन्दै एमाले नेता हर्षित


८ फागुन, सप्तरी । मधेसका जिल्लाहरु लामो समय अशान्त रहे । मारकाट एवं अराजकपूर्ण घटनाहरुले तराई मधेसको सम्पूर्ण क्षेत्रलाई शिथिल बनायो । सप्तरी जिल्ला पनि यसबाट अछुतो रहेन ।

सप्तरीमा एमालेका नेता कार्यकर्तामाथि व्यक्ति हत्या गराएको आरोपसमेत लाग्यो । एमालेका केही नेताका घरमा आक्रमण गर्नेदेखि कालोमोसो दल्ने काम पनि भए ।

तर, अहिले यही सप्तरीबाट एमाले नेताले चुनाव जितेका छन् र चुनाव जितेपछि एमाले नेताहरु खुशीले गदगद मात्रै भएका छैनन्, मधेसको मुक्तकण्ठले प्रशंसासमेत गर्न थालेका छन् ।

प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचत एमाले सांसदले भन्न थालेका छन्- ‘मधेसले देशमा राम्रो सन्देश दिएको छ, अब यसलाई राष्ट्रले सम्बोधन गर्नुपर्छ ।’

सप्तरीको मलेठमा २३ फागुन ०७३ मा ५ जनाको ज्यान जाने गरी भएको घटना पश्चात मुख्य तारो बनेका थिए एमाले नेता सुमनराज प्याकुरेल । तिनै प्याकुरेल २ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । पहिलोपटक सांसद बनेपछि उनी गदगद देखिएका छन् ।

जीवनमै पहिलोपटक सार्वजनिक ओहदामा पुगेको बताउँदै प्याकुरेलले आफू राष्ट्रियसभा सदस्यमा निर्विरोध चयन हुँदा सप्तरी मात्र नभई समग्र प्रदेश नै गदगद भएको तर्क गरे । अब राष्ट्रियसभामा निर्विरोध चयन भइसकेपछि आफू खास पार्टीको व्यक्ति नरहेको उनले बताए ।

एमाले सांसद प्याकुरेल मधेसमा सहिष्णुता देखिएको बताउँदै भने, ‘ममात्रै होइन, प्रदेश नम्बर २ बाट निर्वाचित सबै सदस्यहरु निर्विरोध नै भएका छन्, यो एउटा सहिष्णुताको नमूना हो ।’

प्याकुरेको भनाइमा एमाले २ नम्बर प्रदेशमा आउँदैन भन्ने जुन जिकिर गरिएको थियो, त्यो पनि चिरिएको छ । उनले खुशी हुँदै भने- ‘एमाले र एमालेभित्रको पनि केपी ओलीको व्यक्ति, म सुमनराज प्याकुरेललाई निर्विरोध चयन गरिएको छ, यसले मधेस एकतावद्व भएको सन्देश दिएको छ ।’

निर्वाचन हुन दिएर २ नम्बर प्रदेशले जुन सन्देश दिएको छ, त्यो पाठ सम्पूर्ण देशले सिक्नुपर्नेमा जोड दिँदै प्याकुरेल दोहोर्‍याउँछन्, ‘अब मधेस एकतावद्व भएर अगाडि जान सक्छ ।’

जसरी सप्तरीलगायत मधेसका जिल्लाहरु अशान्त अवस्थामा थिए, त्यो अब नरहेको प्याकुरेलको निश्कर्ष छ । उनी भन्छन्, ‘मधेसी र पहाडीको जुन अनुभूति थियो, एमालेविरुद्व जुन नारा लगाइएको थियो, ती सबै पछि परेका छन् र मधेस नयाँ सन्देश दिँदै अघि बढेको छ ।’

अब ओलीज्यूले मधेसको उपचार गराउनुहुन्छ

एमाले नेता प्याकुरेलले मधेस पनि देशकै अंग भएको बताए । अब आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसमा राम्रो विकास गर्ने उनले दाबी गरे ।

‘आफ्नो शरीरको कुनै अंगमा घाउ भएमा अथवा दुखेमा सबैले उपचार गराउँछन्, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘ओलीज्यूले समयमै उपचार गराएर मधेसलाई प्राथमिकतामा राख्नुहुनेछ ।’

प्याकुरेल मधेस आन्दोलनका क्रममा पहाडी समुदायहरु सप्तरीबाट भागेको मान्न तयार छैनन् । उनी भन्छन्, ‘मधेसले पहाडलाई मिलाएर अघि बढेको थियो र अहिले पनि छ ।’

पहाडी मूलका व्यक्तिहरु जागिर गर्दागर्दै विराटनगर, काठमाडौं, जस्ता शहरमा घर बनाएकाले उतैतिर गएको उनले बताए । ‘आफू पनि त सप्तरीकै हुँ’ उनी भन्छन्, ‘तर, खोई म त भागेको छैन ।’

आफूलाई जनताबाट जसरी विश्वास गरिएको छ, त्यो विश्वासलाई कायम राख्नेमा चिन्तित भएको बताउँछन् उनी । ‘यो विश्वासलाई कायम राख्न नसकेमा मन भाँचिन्छ र ठूलो दुर्घटना हुन सक्छ’ उनले भने, ‘सार्वजनिक पदमा पहिलोपटक आएकाले विकासको सवालमा सुझावहरु दिन सबैसँग आग्रह गर्दछु ।’

सबै जनप्रतिनिधिले पार्टीभन्दा माथि भएर सोच्नुपर्ने बताउँदै उनले विकासको सवालमा घनिभूत छलफल गरी एक भएर अघि बढ्नसमेत सबैलाई आग्रह गरे ।

मधेसको समस्या-सामन्तवाद

राष्ट्रिय सभा सदस्य प्याकुरेल सप्तरी जिल्ला र समग्र मधेसको बजेट नआएर विकास हुन नसकेको कुरालाई स्वीकार गर्न तयार छैनन् । ‘राज्यले बजेट नदिएर विकास नभएको कुरालाई म मान्दिनँ’ उनले भने, ‘यहाँ सामन्तवाद हावी भएकाले विकास हुन नसकेको हो ।’

‘राणा शासनकाल होस् या २००७ साल अथवा पञ्चायतकाल होस् वा बहुदल, वा अहिलेको गणतन्त्र, सबै कालखण्डमा मधेसमा सामन्तवाद नै हावी छ’ प्याकुरेल भन्छन्- ‘यहाँसम्म आइपुग्दा राजनीतिमा त्यही परिवारका व्यक्तिहरु छन् । लेबल मात्रै परिवर्तन गरिएको छ ।’

यसअघि पनि मधेसबाट नेताहरु सरकारमा गएका थिएनन् ? एमाले नेता प्याकुरेल प्रश्न गर्छन्, ‘तर खोई मधेसको विकास ? किन भएन विकास ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment