Comments Add Comment

क्यानेडाली प्रधानमन्त्रीलाई भारतमा ‘अपमान’ ?


भारत भ्रमणमा जाने बिदेशी प्रधानमन्त्रीलाई भारतले कस्तो ब्यबहार गर्छ ? पछिल्ला महिनाका उदाहरण हेर्ने हो भने थाहा हुन्छ, भारतीय प्रधानमन्त्रीदेखि सरकारी अधिकारीहरुलाई उनीहरुलाई निकै न्यानो आतिथ्य दिन्छन ।

तर, हालै नयाँ दिल्ली आइपुगेका क्यानेडाली प्रधानमन्त्री जस्टिन टुडोका हकमा भने भारतले निकै चिसो ब्यबहार देखाएको छ । भारतीय मिडियाहरुले नै यस्तो ब्यबहारलाई अपमानको संज्ञा दिएका छन् ।

भारत भ्रमण गर्ने विदेशी नेताहरुलाई स्वागत गर्न प्रायजसो प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थलमा पुग्छन् । उनले आफ्नो समकक्षीलाई न्यानो अभिवादन र अंकमाल गर्छन् ।

हालसालै मात्र मोदीले भारत भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि अंकमाल गरेका थिए । तर भारत पुगेको दुई दिनसम्म प्रधानमन्त्री मोदीले क्यानेडेली प्रधानमन्त्रीसँग भेट गरेनन् ।

मोदी मात्र होइन, अन्य मन्त्री र मुख्यमन्त्रीले समेत क्यानडेली प्रधानमन्त्रीप्रति शिष्टता देखाउन चुकेका छन् । आइतबार जस्टिन र उनको परिवारले ताजमहलको भ्रमण गर्दा उत्तर प्रदेशका मुख्यमन्त्रीले समेत उनलाई स्वागत गर्न पुगेनन् ।

अपमान हो त ?

‘निश्चयन नै जस्टिनमाथि अपमान नै हो । जस्टिन र उनको परिवारको स्वागतका लागि सरकारलले कनिष्ठ मन्त्रीलाई विमानस्थल पठाएर विदेशी प्रधानमन्त्रीको अपमान गर्यो,’ भारतीय स्तम्भकार तथा अर्थशास्त्री विवेक दिहिजियाले भनेका छन् ।

जस्टिन सरकारका मन्त्रीहरु भारतको शिख स्वतन्त्र आन्दोलनसँग निकट भएकोले जस्टिनलाई सरकारले मन्द स्वागत गरेको हुनसक्ने उनी बताउँछन् । शिखहरुको मातृभूमि मानिने भारतको उत्तरी पञ्जाव राज्यमा स्वायत्त शिख राज्य स्थापना गर्ने उद्देश्यले शिख समुदायले आन्दोलन गर्दै आएका छन् । सो आन्दोलनलाई जस्टिनको पार्टीले समर्थन गरेको भारतीय बुझाइ छ ।

सन् १९८५ मा एयर इन्डियाको उडानमा भएको विस्फोटमा भारतमा स्वायत्त शिख प्रदेश माग गर्दै आन्दोलन गरेका शिख लडाकुको संलग्नता रहेको भारतले बताउँदै आएको छ । ३ सय २९ जनाको ज्यान जाने गरी भएको सो विस्फोटमा दुई क्यानेडेली अधिकारीहरुको पनि संलग्नता रहेको बताइएको थियो । क्यानडाबाट भारतका लागि उडेको सो विमान विस्फोटपछि भारत–क्यानडा सम्बन्ध चिसिएको थियो ।

‘जस्टिनको लिबरल पार्टी भारतीय शिख मूलका क्यानेडेलीको भोटमा निर्भर छ र उनको सरकारका केही शिख मन्त्रीहरु पन्जाबको शिख आन्दोलनकारीसँग निकटता छ’, भारतीय विश्लेषक विवेक दिहिजियाले भने– जस्टिनको सरकारमा चारजना शिख मूलका क्यानेडेली छन् ।’

क्यानेडेली रक्षामन्त्रीलाई भेट्न अस्वीकार

शिख आन्दोलनले दुई देशका अधिकारीहरुबीचको सम्बन्ध चिसो बनाएको यो नै पहिलोपटक भने होइन । गत वर्षको अप्रिल महिनामा पन्जाबका एक उच्च अधिकारीले भारत भ्रमणमा रहेका क्यानडाका रक्षामन्त्री हरिजित साजसँग भेट्न अस्वीकार गरेका थिए । हरिजितले पन्जाव आन्दोलनकारीप्रति सहानुभूति जनाएको उनले आरोप लगाएका थिए । रक्षामन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर पार्नेभन्दा पनि तनाव बढाएको यतिबेला टिप्पणी गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment