Comments Add Comment

खुल्यो स्मार्टफोनको लत छुटाउने क्लिनिक, शुल्क आधा करोड रुपैयाँ


अमेरिकामा मानिसहरुलाई आइफोन एक्स खरीद गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्दछ । तर एक लाख रुपैयाँ पर्ने यहीँ आइफोनको लत छुटाउन चाहिँ झण्डै आधा करोड रुपैयाँ तिर्नुपर्दछ ।

अर्थात् आइफोन किन्नुभन्दा यसको लत छुटाउनका लागि ४० गुणा बढी मूल्य चुकाउनु पर्ने भएको छ । अनि यो खर्च करोडपतिहरुले आफ्ना बच्चाबच्चीहरुमाथि गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा स्मार्टफोनको माग बढिरहेको छ । सिलिकन भ्यालीका ठूला कम्पनीहरु, फेसबुक, ट्विटर, एप्पल तथा गुगलका आसपासमा यस्ता दर्जनौँ विशेष क्लिनिक खुलेका छन् जसले मोबाइल फोनको लत छुटाउँदछन् ।

यी क्लिनिक ती युवाहरुको उपचारका लागि खोलिएको हो जसले दिनमा २० घण्टा सम्म मोबाइल चलाउँछन् ।

क्लिनिकको खर्च

सनफ्रान्सिस्को भन्दा झण्डै ३० किलोमिटर टाढा एक भवनमा यस्तै एउटा क्लिनिक खोलिएको छ ।

पहाडको सबैभन्दा उचाईमा हरियालीको बीचमा स्थापित यो क्लिनिकमा युवाहरुलाई ४५ दिनसम्म उपचार गरिन्छ ।

क्लिनिकको खर्च महंगी सेवाहरुको आधारमा तय हुन्छ ।

भवनको भित्र मोबाइल फोन, ल्यापटप तथा ट्याबलेटमा प्रतिबन्ध लगाइएको छ । यहाँ कम्प्युटरको प्रयोग केवल कक्षाकोठामा मात्र हुन्छ ।

शिक्षक र मनोविज्ञको रेखदेखमा युवाहरुले ग्याजेटको प्रयोग गर्दछन् ।


विरामीलाई विशेष थेरापी दिइन्छ ता की युवाहरुलाई इन्टरनेटको लत छुटाउन सकियोस् । अनि पढाई, परिवार, साथीसँगी तथा अफलाइन कामहरुमा अधिक समय दिन सकियोस् ।

कसरी चिन्ने स्मार्टफोनको लत ?

क्लिनिका निर्देशकका भन्छन्, ‘हामी उनीहरुको जिवन अफलाइन बनाइदिन्छौँ । यो हाम्रो यहाँको नियम हो । सबैभन्दा खुसी त त्यो बेला लाग्दछ जब युवाहरु आफैले हामीलाई धन्यवाद दिन्छन् र भन्छन् की उनीहरु अब सोसल साइटभन्दा आफ्नो धेरै ख्याल गर्नेछन् ।

अमेरिकामा इन्टरनेटको लतलाई आधिकारिक रुपमा कुनै रोग मानिँदैन ।

यद्यपि अष्ट्रेलिया, चीन, इटाली तथा जापानमा भने यसलाई बिमारी नै मानिन्छ । दक्षिण कोरियामा त यसको उपचार सरकारी अस्पतालमै हुने गर्छ ।

विज्ञका अनुसार इन्टरनेटको लतका सिकार भएका बच्चाहरु रातभर फेसबुक, इन्स्टाग्राम जस्ता साइटहरुमा गुजार्दछन् । उनीहरु बिहान स्कुल जानका लागि उठ्न सक्दैनन् र आफ्नो काममा पनि केन्द्रित हुन सक्दैनन् ।

इन्टरनेटको कनेक्सन ट्ट्दा रिसाउने, सोसल मिडियाको प्रयोग लुकीलुकी गर्ने तर झुट बोल्ने, एक्लै समय बिताउन मन पराउने र परिवारबाट टाढा टाढा हुन रुचाउने बानीको विकाश बच्चहरुमा हुन थाल्यो भने उनीहरुमा इन्टरनेटको लत बसेको भनेर बुझ्नुपर्दछ ।

त्यसैले अभिभावकहरुले आफ्ना छोराछोरीका लागि इन्टरनेट प्रयोगको सीमा तय गर्नुपर्दछ । खाना खाने समय तथा सुत्नुअघि कम्प्युटर, इन्टरनेट, आइप्याड तथा टेलिफोनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्दछ ।

अमेरिकामा खोलिएका ती क्लिनिकमा इन्टरनेट विरामीका लागि लक्जरी कोठाको व्यवस्था गरिएको छ जहाँबाट समुद्रको दृश्य देख्न सकिन्छ । एएटा कोठामा तिनवटा बेड तथा खुल्ला झ्याल हुन्छ ।

क्लिनिकमा विरामी मात्र होइन विरामीका परिवारलाई पनि राखिन्छ, ता की विरामी र उनका परिवारबीच राम्रो सम्बन्ध होस् ।

उपचारका दौरान कठीन मेहेनत गर्न तथा स्वास्थ्यप्रति जागरुक हुन सिकाइन्छ । अफलाइन दुनियामा अभ्यस्त बनाउँदै लगिन्छ । सन्तुलित भोजन तथा स्वस्थकर जिवनशैली र व्यायाममा पनि ध्यान दिइन्छ ।

बिरामीले क्लिनिकमा आफ्नो नियमित पढाई पनि जारी राख्न पाउँदछन् । विभिन्न थेरापी दिइन्छ र कौशलको विकास पनि गराइन्छ । बेलुकी डिनरको समयमा आपसी छलफल तथा योजना निर्माण गरिन्छ । अध्यात्मका कक्षाहरु पनि त्यहाँ सञ्चालन हुन्छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment