Comments Add Comment

यस्तो देखिए ‘बागी-२’मा टाइगर

ज्याकी श्राफ पुत्र टाइगर आफैमा तडकभडक नभएका अभिनेता मानिन्छन् । अक्सर बलिउड इभेन्टमा उनी सामान्य रुपमा पेश हुन्छन् । हेर्दा लाग्छ, उनी लजालु स्वभावका छन् ।

यद्यपी पछिल्लो समय भने उनको अफस्क्रिन रोमान्सले बढी चर्चा पायो । कहिले गर्लफ्रेन्डसँग लुकेर चुरोट तानेको त, कहिले गर्लफ्रेन्डको काखमा बसेको प्रसंगहरु बलिउडमा मसला बन्यो । आखिर जे भएपनि उनी निकै मिहेनती अभिनेता हुन् । अहिले उनको फिल्म ‘बागी-२’ आउँदैछ । फिल्मको फस्र्ट लुक सार्वजनिक भएको छ ।

त्यसमा उनी नितान्त भिन्न गेटअपमा देखिएका छन् । सुगठित ज्यान, आक्रमक मुद्रामा उनले बन्दुक बोकेका छन् । टाइगरको यस्तो हुलिया देखेर दर्शकमा थप उत्सुकता जाग्नु स्वभाविक हो । टाइगरले फस्र्ट लुक शेयर गर्दै लेखेका छन्, ‘रोनी कल आ रहा है । यह रहा फिल्म का पहला लुक ।’

यसअघि पनि टाइगरको एक्सन लुक शेयर गरिएको थियो । यस फिल्म निर्माण गर्ने नडियाडवाला एन्ड ग्रैन्डसन्स इन्टरटेनमेन्टले आफ्नो ट्वीटर एकाउन्टमा यसको भिडियो शेयर गर्दै लेखेको छ, ‘रोनी अब लौट आया है । बागीयों के साथ एक्शन करने का समय अब आ गया ।’

आज अर्थात फेब्रअरी २१ मा बागीको ट्रेलर सार्वजनिक हुँदैछ । यसलाई अनौठो ढंगले सार्वजनिक तयारी भइरहेको बताइन्छ । फिल्ममा टाइगार श्राफसँग दिशा पटानीले जोडी बाधेकी छिन् । अफस्क्रिनमा पनि उनीहरु गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment