Comments Add Comment

यी बलिउड सेलिब्रिटी, जसको एउटै गल्तिले करिअर डुब्यो

मुम्बई । बलिउडमा सफल हुन त्यति सजिलो छैन । राम्रो अभिनय गरेर मात्रै पुग्दैन, आफुले अभिनय गरेको चलचित्रको ब्यापार पनि उत्तिकै राम्रो हुनुपर्छ ।

तर, चर्चामा आएका कुनै पनि कलाकारलाई पातालमा पुर्‍याउन सामान्य किन नहोस् एउटै गल्ति काफी छ । यसरी एउटै गल्तिले करिअर चट भएका केही कलाकारबारे यहाँ चर्चा गरिएको छ ।

ममता कुलकर्णी

९० को दशकमा चर्चित नायिकाको सूचीमा थिइन् ममता कुलकर्णी । तर, अण्डरवल्र्ड कनेक्सनको हल्ला चलेपछि उनको करिअर सकियो । उनको अन्तिम फिल्म हो ‘छुपा रुस्तम’ । विकी गोश्वामीसँग विवाह गरेकी ममता भारतीय प्रहरीको पक्राउ सूचीमा छिन् ।

शक्ति कपुर

रिल लाइफ भिलेन शक्ति कपुर सन् २००५ मा रियलमा भिलेन बनेर प्रस्तुत भए । एक स्टिङ अपरेसनमा पक्राउ परेपछि उनको पनि करिअर लगभग सकियो । उनले केही युवतिलाई फिल्ममा खेलाइदिने भन्दै यौनजन्य गतिविधी गरेको आरोप लागेको थियो ।

मोनिका वेदी

मोनिका वेदीको अण्डरवल्र्ड डन अबु सलेमसँग सम्बन्ध रहेको चर्चा छ । सोही कारण उनले केही समय जेल जीवनसमेत व्यतित गर्नुपर्‍यो । जेलमुक्त भएपछि पनि उनले टेलिभिजनबाट अभिनय सुरु गर्ने प्रयास नगरेकी होइनन् तर, सफल भइनन् ।

विवेक ओवराय

सन् २००३ मा मुम्बईमा आयोजित एक कार्यक्रममा विवेक ओवरायले दावी गर्दै भने ‘मलाई सलमान खानले मार्ने धम्की दिएका छन् ।’ ओबराय सलमानकी पूर्वप्रेमिका ऐश्वर्या रायसँग प्रेममा परेका थिए । आफ्नो प्रेमिकालाई खोसेको भनेर सलमान उनीसँग रुष्ट थिए । यही सिलसिलामा उनले सलमानबाट मार्ने धम्कि आएको बताएका हुन् । तर, यो अभिव्यक्ति उनका लागि प्रत्यूत्पादक भयो । सलमानलाई चिढ्यान नचाहने निर्माताहरुले उनलाई आफ्ना फिल्ममा लिएनन् ।

साइनी आहुजा

राम्रै सम्भावना बोकेका कलाकारका रुपमा चिनिन्थे साइनी आहुजा । तर, घरमा काम गर्न बसेकी महिलाले बलात्कार गरेको आरोप लगाएपछि उनको पनि अभिनय यात्रामा पूर्णबिराम लाग्यो । श्रीमती बाहिर गएको बेला आफुलाई बलात्कार गरेको आरोप कामदारले लगाएकी थिइन् भने साइनीले आरोप अस्वीकार गरेका थिए । तर, डीएनए परिक्षण गरेपछि उनले बलात्कार गरेको पुष्टि भएको थियो ।

मन्दाकिनी 

डन दाउद इब्राहिमसँग बसेको एउटा तस्वीर सार्वजनिक भएपछि मन्दाकिनीको पनि करिअर सकिएको थियो । त्यसअघिसम्म उनी एक चल्तिकी कलाकार थिइन् । ब्रिटिश बाबु र मुस्लिम आमाकी छोरी मन्दाकिनी सन् १९८५ देखि १९९६ सम्म बलिउडमा सक्रिय रहिन् । उनले एक पूर्व भिक्षुसँग बिहे गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment