Comments Add Comment

कामको बोझ र यौनजीवनः कसरी मिलाउने सन्तुलन ?

अहिलेको जमानामा प्राय श्रीमान र श्रीमती दुवैजना कामकाजी हुन्छन् । यस्तो बेला उनीहरुलाई कामको बोझले यसरी थिचिरहेको हुन्छ कि एक-अर्कालाई पर्याप्त समय दिन नै भ्याउँदैनन् । यसबाट उनीहरुको यौन जीवन समेत प्रभावित हुन पुग्छ ।

कहिलेकाहीँ श्रीमानलाई इच्छा लागिरहेको हुन सक्छ, तर श्रीमती थाकेकी हुन्छिन् । कहिले श्रीमतीलाई इच्छा लागेको हुन सक्छ, तर श्रीमानको मुड अफ हुन सक्छ । यसबाट एक अर्काप्रति यौनजन्य असन्तुष्टी पैदा हुन्छ र दुरी बढ्न थाल्छ । यसको समाधानका लागि श्रीमान र श्रीमतीबीच उच्च स्तरको तालमेल एवं समाधान हुनु आवश्यक छ । कसरी बनाउने त यो तालमेल ?

तानवमुक्त रहनुस

दम्पत्तिहरुको यौन जीवनलाई प्रभावित पार्ने सबैभन्दा ठूलो तत्व हो तनाव । दुईमध्ये एक जना तनावमा छ भने त्यो बेलाको सेक्स मिठो हुन सक्दैन । त्यसैले तनावबाट टाढा रहने कोशिष गर्नुस । यसका साथै तलका साना-साना कुरामा पनि विचार पुर्‍याउनुस ।

-धेरै दम्पत्तिहरु आफ्नो अफिसको समस्याहरुलाई घरमा बोकेर ल्याउँछन् र त्यसैमा अल्भिmन्छन् । यस्तो गर्नु हुन्न । घरमा प्रवेश गरेपछि अफिसका सबै झन्झट र समस्याहरुलाई बिर्सिदिनुपर्छ ।

-दम्पत्तिले एक-अर्काका समस्यालाई सेयर गर्नुपर्छ । हुन सक्छ तपाइर्ंसँग नभएको समाधान तपाईंको जोडीसँग होस ।

-जतिसुकै थकित अवस्थामा भए पनि एक-अर्कासँग संवादविहिन भएर बस्नु हुँदैन । मिठो गफगाफ गर्दाखेरी थकान आफैं कम भएर जान्छ ।

-यदि तपाईं संयुक्त परिवारमा बस्नुहुन्छ भने परिवारका पाका सदस्यहरुको सल्लाहले पनि समस्या सुल्झाउन मद्दत गर्न सक्छ । चाहे अफिसको होस वा घरको समस्या, उनीहरुका सल्लाह लिने गर्नुस । किनकी उनीहरुसँग वर्षौं लामो अनुभव हुन्छ ।

-यदि आवश्यकता पर्‍यो भने आफ्ना साथीहरुसँग पनि सल्लाह लिनुस । उनीहरुबाट पनि उपयोगी सल्लाह आउन सक्छ ।

-चाहे जतिसुकै व्यस्त भए तापनि आफ्नो लागि अलिकति समय अवश्य निकाल्नुस । समय मिल्नासाथ पार्टनरसँग लामो यात्रामा निस्किनुस या कुनै एकान्त ठाउँमा मनोरम पल बिताउनुस । यसले तपाईंको सेक्स लाइफ मात्र नभएर वर्क लाइफ पनि राम्रो बनाउँछ ।

-बिहान वा बेलुकी अलिकति समय निकालेर योग, प्राणायाम, मेडिटेसन गर्ने गर्नुस । यसबाट तपाईंको मनमा शान्ति छाउनुका साथै स्फुर्तिको महसुस पनि हुन्छ ।

कामका बोझ व्यवस्थापन

-कार्यबोझको समस्या कामलाई व्यवस्थित तरिकाले नगर्नाको कारणले पनि उत्पन्न हुन्छ । यदि तपाईंले समय व्यवस्थापनमा ध्यान दिनुभयो भने धेरै हदसम्म यो समाधान हुन्छ ।

-समय र कामको व्यवस्थापनका साथसाथै सम्वन्धहरुको व्यवस्थापन पनि अति महत्वपूर्ण हुन्छ । सँधै कामलाई मात्रै महत्व दिँदा तपाईंका बाह्य सम्बन्धहरु बिस्तारै कमजोर र जिर्ण बन्दै जान्छन् ।

-आफ्नो कामको क्रम निर्धारण गर्नुस । सबैभन्दा महत्वपूर्णका कामलाई सबैभन्दा माथि राख्नुस र त्यसलाई पहिले सिध्याउनुस ।

-जति काम तपाईंले सही ढंगले निभाउन सक्नुहुन्छ, त्यतिको मात्रै जिम्मेवारी लिनुस । आफूले थाम्नसक्ने भन्दा बढि बोझ लिँदा मानसिक तनाव उत्पन्न हुन्छ ।

-जसरी दुख बाँड्दाखेरी घट्छ, त्यसैगरी काम पनि आपसमा बाँड्दाखेरी घट्छ । त्यसैले कामलाई बाँड्न सिक्नुस । सबै काम एक्लै गर्छु भन्ने मुर्खता नपाल्नुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment