Comments Add Comment

बादल राष्ट्रियसभा अध्यक्ष होइन, गृहमन्त्री !

९ फागुन, काठमाडौं । सरकारमा माओवादी केन्द्रको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गर्ने भएका छन् । यसमा लगभग सहमति जुटेको छ तर, मन्त्रालय टुंगिएको छैन ।

प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएको थियो । एमालेले पनि प्रतिनिधिसभाको सभामुख आफूले लिन सहज हुने भन्दै बादललाई बनाउन ग्रिन सिग्नल दिएको थियो ।

तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।

बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् । उनी उपप्रधानमन्त्री हुनेछन् । तर, मन्त्रालय भने टुंगिएको छैन ।

बादलले गृहमन्त्री दाबी गरेका छन् । बादलसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माको पनि दाबी छ । तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन कठिन भएको छ ।

प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए । बादलकै पालामा कटवाल प्रकरण भएको थियो, जसका कारण प्रचण्डले राजीनामा दिनुपर्‍यो ।

स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको माओवादी नेता बताउँछन् । तर, यसपटकको सरकारमा उपप्रधानमन्त्री नराख्ने विकल्पमा पनि छलफल जारी छ ।

माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।

यो पनि पढ्नुहोस्

मन्त्री माग्दै खुमलटार पुगेका नेतालाई प्रचण्डले फर्काए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment