Comments Add Comment

फर्स्ट सोलार डेभलपर्स नेपाल एक करोड रुपैयाँसहित पुरस्कृत

काठमाडौं । फर्स्ट सोलार डेभलपर्स प्रालि नेपालले सोलार सार्क ट्यांक प्रतियोगिताको मेकिङ सोलार बैंकेवल अन्तर्राष्ट्रिय कार्यक्रममा प्रथम पुरस्कार प्राप्त गरेको छ । प्रा.लिले नगद एक करोड रुपैयाँ र कदरपत्र हात पारेको हो ।

एफएमओ-आन्ट्रप्रेनरियल डेभलपमेन्ट बैंक, एक्सेस पावर तथा सोलार प्लाजाद्वारा संयुक्त रुपमा नेदरल्याण्डस्को राजधानी आम्स्टरडममा आयोजित कार्यक्रममा सहभागी २४ राष्ट्रका ४० कम्पनीहरुलाई पछि पार्दै फर्स्ट सोलार डेभलपर्स प्रालि नेपाल प्रथम भएको हो ।

कार्यक्रमको प्रथम चरणमा फस्र्ट सोलार डेभलपर्स प्रालि नेपालले १० मेगावाटको भृकुटी सौर्य विद्युत परियोजनाको प्रबिधि तथा एकीकृत कृषि फार्मको माध्यमवाट सामाजिक अर्थतन्त्र एवंम राष्ट्रिय स्तरमा पुर्‍याउने योगदानको विषयमा कार्यपत्र पेश गरेको थियो ।

सहभागी बिभिन्न राष्ट्रका कम्पनी मध्ये उत्कृष्ट तीन कम्पनी छनौट गरिएको थियो । राजधानी आम्स्टरडममा भएको प्रस्तुतिकरण तथा प्रश्न-उत्तरमा फर्स्ट सोलार डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार थापाको प्रस्तुति तथा कार्यपत्रलाई चार सदस्यीय निर्णायक मण्डलले सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो ।

नेपालको सौर्य विद्युतीय उर्जाको क्षेत्रमा यो सबै भन्दा ठूलो सम्मान हो । निजी कम्पनीको प्रयासबाट अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सफलता राष्ट्रकै लागि गौरबको विषय भएको फर्स्ट सोलार डेभलपर्सका संचार तथा जन-सम्पर्क संयोजक कौशल पन्तले बताए ।

विश्वका ठूला लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल सौर्य विद्युतीय उर्जा उत्पादनको क्षेत्रमा विदेशी लगानीका लागि निकै आकर्षक गनतव्य रहेको सन्देश समेत दिएको छ ।

अन्य विकसित राष्ट्रले सौर्य उर्जालाई पनि मुलधारको विद्युत उत्पादनको सशक्त माध्यमको रुपमा सफलता पूर्वक प्रयोग गरिरहेको सन्दर्भमा मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउन सौर्य विद्युत उर्जा प्रबर्द्धनमा सरकारको विशेष ध्यान जान जरुरी रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment