Comments Add Comment

सीडीपीले निर्माण गरिदियो विद्यालयलाई ३० लाखको भवन

९ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं ३० लालपर्साको प्रसोतिपुरमा बुधबार नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

३० लाख ७० हजार ७ सय २८ रुपैयाँमा निर्माण गरिएको दुई कोठे पक्की भवन स्थानीय नेपाल राष्ट्रिय प्रावि प्रसोतिपुरलाई हस्तान्तरण गरिएको हो ।

वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख विजयकुमार सरावगीले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवलाई हस्तान्तरण गरेका हुन् ।

भवनको उद्घाटन समेत गरेका नगर प्रमुख सरावगीले आउँदो शैक्षिक सत्रदेखि वीरगञ्जका सबै सामुदायिक विद्यालयको कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने जानकारी गराए । ‘महानगरपालिकाले अहिले अन्य विकासका पूर्वाधारमा भन्दा बढी शिक्षा र स्वास्थ्यलाई ध्यान दिएको छ,’ उनले भने, ‘ हामीहरुले बच्चालाई पढाउनु छ । बजारमा बिक्री हुने शिक्षा दिनुछ ।’

उनले छोरीमाथि बढी खर्च गर्न समुदायसँग आग्रह समेत गरे । ‘हामीकहाँ छोरालाई बोर्डिङ अनि छोरीलाई सरकारी विद्यालयमा पढाउने चलन छ । तर अब छोरीको पढाइमा बढी खर्च गर्नुपर्छ,’ उनले भने, ‘ किनकी छोरीले घर पनि हेर्छ अनि माईती पनि हेर्छ । बच्चालाई पढाउने सिकाउने काम पनि छोरीले नै गर्ने हो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराले भवनको संरक्षण र सदुपयोग गर्न आग्रह गरे ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा ग्रामीण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सीडीपीको आर्थिक सहयोगमा भवन निर्माण गरिएको थियो ।

भवन निर्माणका लागि सीडीपीले २८ लाख ४५ हजार ७ सय २४ रुपैयाँ दिएको र समुदायले पनि २ लाख २५ हजार योगदान गरेको सीडीपीको पर्सा कार्यक्रम संयोजक शोभा महतोले जानकारी दिइन् ।

केन्द्रीय टोलीद्वारा अनुगमन

आरआरएनद्वारा सञ्चालित सीडीपी कार्यक्रम अन्र्तगत भएका विभिन्न कार्यक्रमको केन्दि्रय टोलीले अनुगमन गरेको छ ।

डिएफआईडीका गोविन्द न्यौपाने, शिक्षा मन्त्रालयका सहसहचिव विश्वराज मरासीनी, आर आरएनका अध्यक्ष मन दहाल,सीडीपीका टिम लिडर दुर्गा खतिवडा लगायतको टोलीले विभिन्न कार्यक्रमको अनुगमन गरेको हो ।

स्थानीय नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुसँग मिलेर सीडीपीले पर्सा जिल्लाको विभिन्न ठाउँमा च्याउ खेति, तरकारी खेती, बाख्रा पालन, सिलाइ बुनाई, बुटिक, सामुहिक बचत लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको सीडीपीकी फिल्ड सुपरभाइजर लक्ष्मी खरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment