Comments Add Comment

लागुऔषधसहित २ जना पक्राउ

९ फागुन, पोखरा । लागुऔषध नियन्त्रण ब्युरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पोखरा ९ बसपार्क बस्ने २८ वर्षे सुवास गुरुङ र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ का २४ वर्षे सुमन गुरुङ पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक रवीन्ऽमान गुरुङको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुवास गुरुङलाई छोरेपाटन र सुमन गुरुङलाई लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुबाट प्रहरीले लागुऔषध नुफिर्म ५२ थान, फेनरागन ५२ थान, डाइजापाम ५२ थान बरामद गरेको छ ।

टाइट्रोसन १० चक्कीसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment